Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको सुन्तले र बाघखोर


भोजपुर । भोजपुर सदरमुकामबाट छोटो दूरीमा पर्ने पर्यटकीयस्थल सुन्तले, बाघखोर पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको छ । सदरमुकामबाट करिब दश किलोमिटर दूरीमा सुन्तले र बाह्र किलोमिटरको दूरीमा पर्ने बाघघोर मुख्य पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएका हुुन् । स्थानीय परिकारको स्वाद लिँदै सगरमाथा, मकालु कञ्चनगङ्घा, गौरीशङ्खरलगायत हिम शृङ्खला, अरुण उपत्यका, अरुण नदी, साल्पासिलिछो चुचुरो, मैयुङ डाँडा, भोजपुर सदरमुकाम, टेम्केडाँडा र भोजपुर खोटाङको सिमानाको चखेवाभञ्जाङको सुन्दर दृश्यावलोकन गर्न पर्यटक यहाँ पुग्ने गरेका छन् ।

पर्यटकलाई लक्षित गरेर भ्यू टावरसँगै, वन भोजस्थलसमेत निर्माण गरिएको छ । यो स्थान समुद्री सतहदेखि करिब दुई हजार चार सय मिटरको उचाइमा अवस्थित छ । जहाँ दैनिक दर्जनौँको सङ्ख्यामा आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । लोकल कुखुरा र कोदोको ढिडो, तोङ्वा, सुकुटी स्थानीय आलुु तथा अन्य स्थानीय परिकारको स्वाद लिन पर्यटक पुग्ने गरेका छन् । भोजपुर सदरमुकाम र दिङ्ला सडक खण्डमा पर्ने यी स्थानमा पुग्नको लागि पर्यटकलाई सहजता छ । खास गरेर सहरी जीवनको व्यस्तताबाट थोरै समय लिएर घुम्न जानेको लागि सबैभन्दा उपयुक्त गन्तव्य बनेको छ ।

सडक सञ्जालको विस्तारसँगै पछिल्लो समय यहाँ चहलपहल पनि बढ्न थालेको देखिन्छ । सुन्तले, बाघखोरमा राई, शेर्पा र तामाङ समुदायको बसोबास रहेको छ । स्थानीय परिकारले पनि पर्यटकलाई लोभ्याउने माध्यम बनको छ । घुम्न आउने पर्यटकको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको बाघखोरमा व्यवसाय गर्दै आउनुभएका गणेश तामाङले जानकारी दिए । यो क्षेत्रको अझ विकास गर्नसके पर्यटकको सङ्ख्या बढ्ने तामाङको भनाइ छ ।

“सदरमुकामबाट छोटो दूरीमा पर्ने भएकाले यो ठाउँमा घुमघामको लागि धेरैको सङ्ख्यामा मानिस आउने गरेका छन्”, उनले भने, “यहाँको मनोरम दृश्य र स्थानीय परिकारको स्वाद लिन मानिस आउने गर्दछन् ।” प्रायः भोजपुर आएका मानिस एक पटक सुन्तले बाघखोर आउने गरेको तामाङको भनाइ छ । पर्याप्त पूर्वाधार नभएको कारण धेरैको सङ्ख्यामा पर्यटको खण्डमा भने व्यवस्थापनामा कहिलेकाहीँ समस्या हुने गरेको तामाङको भनाइ छ । नगरपालिकाको सहयोगमा बाघखोरमा बुद्धको मूर्ति, बाघको मूर्ति निर्माण भएको छ ।

यो पनि यहाँको आकर्षणको केन्द्रको रुपमा रहेको छ । असोज महिनापछि पर्यटकको आवगमन अझ बढी हुने व्यवसायी तामाङले बताए ।पर्यटकलाई लक्षित गरेर यहाँ धुपी, चाइनिज गुलाब, चाँप, लालीगुराँस लगायतका गरी एक हजार बिरुवा रोपिएको छ । त्यस्तै चिया खेती विस्तार गर्ने लक्ष्यसमेत रहेको तामाङको भनाइ छ । पुस, माघमा हुने हिमपातको मनोरम दृश्यावलोकन गर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । सदरमुकामको नजिकको पर्यटकीय क्षेत्र तथा उत्तरको व्यापारिक केन्द्र दिङ्ला बजार जोड्ने सडक यही क्षेत्रबाट गएकाले पर्यटकलाई पुग्न सहज रहेको छ ।


Read Previous

नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिँदै

Read Next

प्रसारण लाइन विस्तारमा आशाको किरणः एमसीसी अनुदान

Leave a Reply

Your email address will not be published.