Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

चीनको छिङदाओतर्फ हिमालय एयरलाइन्सको उडान सुरु


काठमाडौँ । हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिङदाओमा हवाई उडान सुरु गरेको छ । एयरलाइन्सले चीनतर्फ गन्तव्य विस्तारका क्रममा छिङदाओमा आजदेखि चार्टर्ड उडान सुरु गरेको हो । दुई देशबीच पर्यटन प्रवर्द्र्धन गर्ने उद्देश्यले काठमाडौँबाट चिङदाओमा सिधा उडान सञ्चालन गरिएको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए । कम्पनीले चीनका कम्तीमा १० गन्तव्यमा उडान गर्ने लक्ष्य राखेको अनि १० लाख पर्यटक भित्र्याउने योजना रहेको पनि उनले जानकारी दिएका छन् । “हिमालयको उडान पर्यटकीय दृष्टिकोणले हेरिनुपर्छ भन्ने लाग्छ । हाम्रो आठ वर्षे हवाई यात्राका दौरान चीनसँगको सम्बन्ध प्रगाढ तुल्याउँदै बढी भन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य रहेको छ”, श्रेष्ठले भने, “अहिलेसम्म जतिपनि उडान भए नयाँ गन्तव्य विस्तार गरेर पर्यटन प्रवद्र्धनमा प्रयास गरिरहेका छौँ ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छिङताओको पहिलो उद्घाटन उडानमा सवार यात्रुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ, हिमालय एयरलाइन्सका अध्यक्ष झो एनयोङले स्वागत गरेका थिए । चीनको सांस्कृतिक एवं पर्यटकीय सहर छिङदाओमा हिमालयले पहिलो पयटक उडान भरेर पर्यटनका लागि महत्वपूर्ण योगदान गरेको उद्घाटन उडानका अवसरमा आयोजित पत्रकार सम्मेलनमा पर्यटनमन्त्री कितारीले भने । दुई देशबीचको पर्यटन र व्यापारको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस उडानले त्यस तर्फ निर्णायक भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरेका थिए ।

“यस रुटबाट हिमालय एअरलाइन्सले उल्लेखनीय चिनियाँ पर्यटक नेपाल भित्र्याउने विश्वास लिएको छु”, मन्त्री किरातीले भने, “यसै अवसरमा म छिङदाओमावासीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिन चाहन्छु ।” चिनियाँ र नेपाली संस्कृति मिल्दोजुल्दो रहेकाले नेपालमा चिनियाँ नागरिक धेरै भित्र्याउन सके पर्यटन क्षेत्रमा नयाँ आयाम थपिने उनको धारणा थियो । चीनका विभिन्न गन्तव्यबाट नेपालमा उडान गर्न आग्रह गर्दै उनलेृ त्यसका लागि सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए ।

काठमाडौँ–छिङदाओ–काठमाडौँ उडानको आरम्भ हुनु नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाण भएको राजदूत सोङले बताए । चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको पनि उनले उल्लेख गरे । “यस नयाँ रुटले नेपालको उड्डयन उद्योगमा नयाँ गति ल्याउनेछ र नेपाललाई भूपरिवेष्ठितबाट भू–जडित देशका रुपमा रुपान्तरण गर्न योगदान पु¥याउनेछ”, राजदूत सोङले भने, “यसले हाम्रो द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको प्रतिनिधित्व गर्दै दुई देशबीचको मित्रता र सहयोगमा महत्वपूर्ण योगदान पु¥याउने छ ।”

एयरलाइन्सका अध्यक्ष एनयोङले भने, “काठमाडौँ–छिङदाओ–काठमाडौँ उडानको सुरुवात हुनु भनेको हिमालय एअरलाइन्स्का लागि महत्वपूर्ण उपलब्धि हो । छिङदाओ चीनको महत्वपूर्ण व्यापारिक र वित्तीय केन्द्र हो जसले एसियालाई युरोपसँग जोड्छ । यसले दुई देशबीचको कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौंँ ।” यस उडानमार्फत दुवै देशले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य लिएको कम्पनीले जनाएको छ ।

छिङदाओबाट काठमाडौँ आउने सिधा उडान छैन । यो उडान चिनियाँ पर्यटकका लागि लक्षित छ । साताको चार उडान गर्ने र यात्रुको चाप अनुरुप आगामी दिनमा उडान थप्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ । हिमालय एयरलाइन्स्ले अहिले चीनको बेइजिङ, चोङचिङ, चाङ्सा, नानिङ र गोयाङमा उडान गर्दै आएको छ । सेप्टेम्बरमा साताको चार चार्टर्ड उडान हुनेछ । प्राधिकरणसँग अनुमति लिएर अक्टोबरदेखि नियमित उडान सुरु गर्ने योजना रहेको एयरलाइन्सले जनाएको छ । चीनको छिङदाओ पूर्वी शानडोङ प्रान्तको महत्वपूर्ण सहर हो । चिनियाँ अक्षरहरुमा सहरको नामको शाक्दिक अर्थ ‘सियान टापु’ हो ।


Read Previous

कर्णाली प्रदेशमा तीन वर्षमा करिव ७९ किलोमिटर सडक कालोपत्र

Read Next

अवरुद्ध बन्यो जयपृथ्वी राजमार्ग

Leave a Reply

Your email address will not be published.