Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

भुटान एयरलायन्सका फ्लाईटहरु ३० भदौदेखि सुचारु


काठमाडौं । थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलायन्स, भुटान एयरलायन्स (बि–३) ले आफ्ना फ्लाईटहरु पुनः सुरु गर्ने घोषणा गरेको छ । उक्त एयरलायन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस (आरआर ग्रुप अफ कम्पनीको भगिनी संस्था) ले यसको जानकारी दिएको हो । यी उडानहरु ३० भदौदेखि आइतवार, सोमबार, बुधबार, र शनिबार गरि साप्ताहिक रुपमा ४ चोटी हुने भएका छन् । यी उडानहरुले पारो–काठमाडौं–दिल्लीलाई दुईतर्फी रुपमा जोड्नेछन् ।

निर्धारित फ्लाईटहरु पुनः सुचारु गरेसँगै भुटान एयरलाइन्सले विश्वव्यापी कोभिड–१९ को महामारीका कारण रोकिएको काठमाडौंका उडानहरु पुनः सुचारु हुने भएको हो । ‘थन्डर ड्रागनको भूमि’ भनेर चिनिने भुटानले पर्यटन प्रवद्र्धन गर्ने र नेपाल भुटान सम्बन्धलाई सुदृढ गर्ने प्रतिवद्धता अनुरुप सन् २०१३ बाट भुटान एयरलाइन्सले आफ्नो पहिलो काठमाडौँ उडानको शुरुवात गरेको थियो ।

भुटान–काठमाडौं फ्लाइट पुनः सुचारु भएकोमा खुशी व्यक्त गर्दै भुटान एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत पेमा नाडिकले भने, “एक निजी एयरलायन्स भएका कारण हामीले कोभिड–१९ महामारीको समयमा उडानहरू रद्द गर्ने वा रिरुट गर्ने जस्ता कठिन निर्णयहरू लिनुपर्ने जस्ता चुनौतीहरूको सामना गर्नुपरेको थियो। यसले अवश्य पनि हाम्रा ग्राहकहरुलाई असुविधा भएको थियो र हाम्रो विश्वसनीयतामा पनि प्रश्न उत्पन्न भएको थियो भन्ने हामीलाई अवगत छ । यिनै कुराहरुलाई मध्यनजर गर्दै यसपटक भने हामी उडान तालिका नियमित राख्न प्रतिबद्ध छौँ । हामी हाम्रा सम्पूर्ण ग्राहकहरुलाई यो विश्वास दिलाउन चाहन्छौँ कि हामी जस्तोसुकै चुनौतीपूर्ण समयमा पनि उडानहरु अब नियमित राख्नेछौँ र विश्वसनीय वायुसेवाको रुपमा आफुलाई स्थापित गराउनेछौँ ।’

त्यस्तै सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका चेयरम्यान रविचन्द्र सिंहले भने, ‘भुटान एयरलायन्सको उडान पुनः सुरु भएकोमा हामी अत्यन्तै उत्साहित छौँ । यस नयाँ सुरुवातका साथ दुवै देशका पर्यटकहरूलाई थप सहज हुनेछ र यसले पर्यटन उद्योगलाई थप प्रवद्र्धन गर्नेछ भन्ने कुरामा हामी आशावादी छौँ । भुटान एयरलायन्सको लागि नेपालको आधिकारिक जीएसएको रूपमा हामीले यस एयरलायन्समार्फत सर्वोत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहनेछौँ ।’


Read Previous

हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न मन्त्री ज्वालाको पहल, सेना र सडक विभागका उच्च अधिकारीसँग छलफल

Read Next

मध्यकालिन सम्झौता अन्तर्गत भारतले पहिलो पटक दियो ११० मेगावाट विद्युत खरिदको स्वीकृति

Leave a Reply

Your email address will not be published.