Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

‘डायलायसिस’ केन्द्र सञ्चालनमा जनशक्ति अभाव


कास्की । गण्डकी प्रदेश सरकारमातहतको पोखराको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा रहेको ‘डायलायसिस’ सेवा केन्द्र सञ्चालनका लागि जनशक्ति अभाव भएको छ । सो अस्पतालमा हालै डायलायसिस सेवाका लागि २५ शय्या क्षमताको डायलायसिस केन्द्र स्थापना गरिए पनि आवश्यक जनशक्ति अभावले पूर्ण क्षमतामा सञ्चालन आउन सकेको छैन ।

अस्पतालमा रहेका डायलायसिस मेसिन दिनमा तीन सिफ्टमा सञ्चालन गर्न सकेको खण्डमा अधिकतम् दैनिक ३३ जनाले सेवा प्राप्त गर्न सक्ने अवस्था छ । तर सोका लागि आवश्यक जनशक्ति अभाव हुँदा पूर्ण सञ्चालनमा आउन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विकास गौचनले बताए । उनका अनुसार मुख्य गरी सेवा नर्स कर्मचारी अभाव भएको छ ।

गण्डकी प्रदेश सरकारले जिल्लास्थित अस्पतालमा मेसिन, उपकरण र जनशक्ति थप गरी सेवाको पर्खाइमा रहेकाको सङ्ख्या शून्य बनाइने जनाएको छ । “गण्डकी प्रदेश सरकारले डायलायसिस सेवाको पर्खाइमा रहेकाको सङ्ख्या शून्यमा झार्ने योजना अघि सारेको छ । तर हामीसँग सेवा केन्द्र सञ्चालनमा अझै जनशक्ति अपुग छ । अस्पतालमा भएका मेसिन पूर्ण क्षमतामा सञ्चालनका लागि चिकित्सक र नर्सिङ स्टाफको कमी छ ।” उनले भने ।

अस्पतालले डायलायसिस सेवा सञ्चालनका लागि थप जनशक्ति माग गरेको छ । यसमा नर्सिङतर्फ २० जनाको माग गरिए पनि सो जनशक्तिबाट वार्ड, आकस्मिक कक्षसमेत सञ्चालन गर्नुपर्ने बाध्यता रहेको मेसु डा गौचनले बताउनुभयो । उहाँका अनुसार आगामी असोज १ गतेदेखि नयाँ कर्मचारी भर्ना गरिए पनि अझै १० जना नर्स आवश्यक हुन्छ । नयाँ कर्मचारीका लागि सेवा सञ्चालनअघि तालिम प्रदान गर्नुपर्ने भएकाले एक महिना काठमाडौँमा तालिमका लागि पठाइने अस्पतालले जनाएको छ ।

अस्पतालले डायलायसिससहित अन्य सेवा सञ्चालनका लागि ३५ नयाँ कर्मचारी माग गरेको हो । यसमा चिकित्सक, नर्स, प्रयोगशाला, फार्मेसीलगायतका छन् । प्रदेश सरकारले मिर्गौलाका बिरामीको उपचारका लागि डायलायसिस सेवालाई सहज बनाउने नीति लिएको छ । अस्पतालहरूमा जनशक्ति थप गरी सेवालाई प्रभावकारी बनाउने सरकारी योजना छ ।


Read Previous

ग्रिड कम्पनीसँग पाँच जलविद्युत आयोजनाको ग्रिड कनेक्सन समझदारी

Read Next

आरम्भचोकसम्म खोलियो छोपिएको यज्ञमती र चखुँचा खोला

Leave a Reply

Your email address will not be published.