Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

‘नेपाल ब्लकचेन कन्क्लेभ’ का लागि रजिस्ट्रेसन खुला 


काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा आगामी भदौ ३१ (सेप्टेम्बर १७) मा हुने ‘नेपाल ब्लकचेन कन्क्लेभ’ का लागि रजिस्ट्र्रेसन खुला गरेकाे छ । महासंघले कार्यक्रममा सहभागी हुन इच्छुकका लागि बिहीबारदेखि रजिस्ट्रेसन खुला गरेको हो । नेपाल ब्लकचेन कन्क्लेभको वेबसाइट (nepalblockchainconclave.can.org.np) मा गएर कार्यक्रममा लागि रजिस्ट्रेसन गर्न सकिन्छ । यसअन्तर्गत विद्यार्थीका लागि ५ हजार र कर्पोरेटका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।

ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच एकै छातामुनि वृहत् अन्तर्क्रिया एवं सहकार्य गर्ने उद्धेश्यले अन्तर्राष्ट्रियस्तरको कन्क्लेभ हुन लागेको हो । कन्क्लेभको सह-आयोजकमा क्लब बी बिजनेस टेक्नोलोजी रहेको छ भने कम्युनिटी पार्टनरमा ब्लकचेन कम्युनिटी नेपाल रहेको छ ।

कन्क्लेभमा विभिन्न ६ देशबाट की नोट स्पिकर (प्रमुख वक्ताहरू) आउने तय भएको छ । त्यस्तै कन्क्लेभमा नियामक नेपाल राष्ट बैंकसहित प्रमुख बैंक तथा वित्तीय संस्थाहरू, नेपाली तथा अन्तर्राष्ट्रय ब्ल्कचेन कम्पनीहरू, फिनटेक कम्पनीहरू, विज्ञहरू, प्रविधि व्यवसायी, शिक्षण संस्था, नीति निर्माता तथा नेपाल सरकारका विभिन्न निकायहरूको सहभागिता रहने कन्क्लेभका संमयोजक एवं क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए । उनका अनुसार कन्क्लेभमा करिब ३०० जनाको सहभागी हुनेछ ।

कन्क्लेभले ब्लकचेन टेक्नोलोजीको क्षेत्रमा रहेका असमझदारी हटाई व्यावसायिक रूपमा यस क्षेत्रको विकास र विस्तार गर्ने, जनशक्तिलाई प्रोत्साहन गर्ने, ब्लकचेनमा आधारित समाधान तथा अवसरहरूको पहिचान गर्ने र उद्योगमैत्री नीति तर्जुमा गर्न राज्यलाई सघाउने अपेक्षा लिएको छ ।


Read Previous

रित्तिदै गाउँ, जीर्ण बन्दै घर

Read Next

अवरुद्ध जोमसोम–मुक्तिनाथ सडक सञ्चालन

Leave a Reply

Your email address will not be published.