Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

वर्षाका कारण काठमाडौंको ट्राफिक व्यवस्थापनमा समस्या


काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकाभित्रका साँघुरा, कालोपत्र नभएका र खल्डाखुल्डी भएका सडकमा अविरल वर्षाका कारण पानी जम्न थालेपछि सवारी आवागमन समस्या भएको हो । सिंहदरबार, माइतीघर, थापाथली, गोँगबु, लैनचौर, कोटेश्वर, चक्रपथलगायत क्षेत्रमा अविरल वर्षाका कारण ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नियमित परेको वर्षाका कारण उपत्यकाभित्रका केही स्थानमा ट्राफिक व्यवस्थापनमा समस्या परेको बताए । “ठूलो पानी परेपछि  साघुँरा, खल्डाखुल्डी भएका सडकमा पानीको निकास नहुँदा समस्या भएको छ”, उनले भने, “सडकका खाल्डोमा पानी जम्दा सवारी आवागमनमा समस्या भएको हो ।”
भट्टका अनुसार उपत्यकाभित्र दैनिक सवारी साधनको सङ्ख्या बढे पनि बाटो नबढ्दा लामो समयसम्म सावरी जाम हुने गरेको छ । “कार्यालय समयमा बढी जाम हुने गरेको हो”, उनले भने, “उपत्यकामा दिनानुदिन जनसङ्ख्या  बस्ती बढेको छ । सडक विस्तार तथा पूर्वाधार निर्माणको अवस्था उस्तै छ ।”  हाल देशभर झन्डै ३५ लाख र बागमती प्रदेशमा मात्रै १८ लाखभन्दा बढी सवारी साधन रहेका यातायात व्यवस्था विभागले जनाएको छ । काठमाडौँ उपत्यकाभित्र मात्रै १३ लाख सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् । रासस

Read Previous

पर्यटकको आकर्षण केन्द्र झाँगाझोली

Read Next

पाँच दिनपछि खुल्यो बेनी–जोमसोम सडक

Leave a Reply

Your email address will not be published. Required fields are marked *