Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

आर्थिक सुधार, पूर्वाधार विकास र उद्यमशीलता प्रवद्र्धनमा सहकार्यबारे महासंघ र आइएफसी उपाध्यक्षबीच भेटवार्ता


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तराष्ट्रिय वित्त निगमका उपाध्यक्ष सुसन लनबीच मंगलबार महासंघ सचिवालय टेकुमा औपचारिक भेटवाता भएको छ ।

भेटवार्तामा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तीय पहुँच वृद्धि, साना तथा मझौला उद्यमको विकास, पर्यटन जलविद्युत लगायतका पुर्वाधार विकास एवं लगानी प्रवद्र्धनमा निगमको साथ र सहयोग आवश्यक रहेको वताए ।

कोभिडपछिको तिव्र विस्तारको व्यवस्थापन गर्न नसक्दा मुलतः आप्mनै कारणले अहिले अर्थतन्त्रमा समस्या रहेको र निजी क्षेत्र संकुचित हुँदा सरकार र सर्वसाधारण पनि मर्कामा परेको अध्यक्ष ढकालले वताए । निजी क्षेत्रले काम गर्न नपाउँदा राजश्व करिब १३ प्रतिशतले घटेको र चर्को मुल्यवृद्धिका कारण सर्वसाधारणको क्रयशक्ति पनि घटदै गएको उनको भनाइ छ ।

नेपालको तीन दिने भ्रमणमा रहकी उपाध्यक्ष लनले निजी क्षेत्रको प्रवद्र्धनका लागि महासंघसंग सहकार्य गर्न आपूm तयार रहेको वताइन् । पछिल्लो समय निगमसंगको सहकार्यमा महासंघले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन र साना तथा मझौला उद्यमी सम्मेलन आयोजना गरेको थियो ।

महासंघले साना उद्यमीका लागि शुरु गर्न लागेको विकास केन्द्र र सिप विकास महत्वपूर्ण रहेको उपाध्यक्ष लनको भनाइ थियो । लनले निगममा आर्थिक सुधार, निजी क्षेत्र र लगानी प्रवद्र्धन लगायतका विषयको नेतृत्व गर्छिन ।

भेटका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अधिकांश उद्योग न्युन क्षमतामा संचालित रहेकाले बजार चालायमान बनाउन आवश्यक रहेको वताए ।


Read Previous

उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्दै प्राधिकरण

Read Next

‘१० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादन गर्ने गरी ऊर्जा संकटकाल लगाउनुपर्छ’

Leave a Reply

Your email address will not be published.