Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

केयुमा अध्ययनसँगै स्वरोजगारको अवसर, ऊर्जाको नयाँ सोचलाई ३५ लाख


काठमाडौं । काठमाडौ विश्वविद्यालय (केयु) ले अध्ययनसँगै विद्यार्थीले स्वरोजगारका लागि व्यवसाय गर्ने गरी योजना अघि सारेको छ । नेपालको इतिहासमै पहिलो पटक स्नातक तह उतीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी कम्तीमा ७० जनालाई रोजगारी प्रदान गर्न स्वतः रोजगारी कार्यक्रम सार्वजनिक गरेको केयुले पढ्दै व्यवसाय गर्न सक्ने गरी अर्को योजना अघि सारेको हो ।

सन् २०१४ मै स्थापना भएर निष्कृय रहेको काठमाडौं विश्वविद्यालय विजनेश इन्क्यूबेशन सेन्टरलाई पुनः सक्रिय गर्दै विद्यार्थीलाई नेतृत्व विकास र व्यवसायमा ल्याउन व्यापार गर्न प्रोत्साहक एव सहयोग गर्ने योजना ल्याएको छ । काठमाडौ विश्वविद्यालयले व्यवस्थापन गरिरहेको इनरजाइज नेपालले विश्वविद्यालयमा अध्यननरत विद्यार्थीबाट कम्तीमा २० वटा व्यवसाय स्थापना गराउने योजना अघि सारेको छ । ‘पढ्दै गरेका विद्यार्थीबाट आएका नवीन सोचसहितको व्यवसायलाई प्रवद्र्धन गर्ने गरी योजना ल्याएको छौ ।’ इनरजाइज नेपालका आयोजना प्रबन्धक डा. विजय थापाले भने, ‘करिब १ करोड ६० लाख बराबर यस कार्यका लागि खर्च गर्दैछौ, उर्जा सँग सम्बन्धित सोचलाई व्यापारमा परिणत गर्न ३५ लाख विनियोजन गरिएको छ ।’

योजनाका लागि विश्वविद्यालय अनुदान आयोगबाट एक करोड सहयोग प्राप्त भएको छ भने काठमाडौ विश्वविद्यालयले व्यवस्थापन गरिरहेको इनरजाइज नेपालले उर्जा सँग सम्बन्धित सोचलाई व्यापारमा परिणत गर्न ३५ लाख विनियोजन गरेको छ । यसका लागि एक करोडको अक्षय कोष स्थापना गर्ने तथा यसबाट ब्याजमा आएको रकम समेत विद्यार्थीले पढ्दै गर्न सक्ने योजनालाई सहायता दिने आयोजना प्रबन्धक थापाले जानकारी दिए ।

विश्वविद्यालयबाट नविनतम सोचलाई व्यापारमा परिणत गर्न यी स्रोत प्रयोग गरि आर्थिक सहयोग एवं लगानी गर्ने योजना बनाएको छ । आर्थिक सहयोग मात्र नभइ प्राविधिक र व्यवस्थापन सम्बन्धी परामर्श निशुल्क रुपमा उपलब्ध गराउने योजना पनि विश्वविद्यालयले गरेको छ ।

त्यस्तै काठमाडौं विश्वविद्यालय अन्तर्गत कोरियन सरकारको सहयोगमा नेपाल टेक्नोलोजी इनोवेशन सेन्टरको पनि स्थापना भएको छ । सो सेन्टरमा अत्याधुनिक उपकरणहरु पनि रहेका छन् । अनुसन्धान गरी व्यापारीकरणसम्म पुग्न आवश्यक सेवा र सुविधा त्यस सेन्टरबाट विद्यार्थीलाई उपलब्ध गराइने पनि केयुले जनाएको छ ।

कार्यक्रमलाई दिर्घकालीन बनाउनका लागि मुनाफा वितरण नगर्ने कम्पनी “नलेज युटिलाइजेशन, इन्क्युबेशन एण्ड इनोभेशन सेन्टर (केयुआईआईसी) को पनि स्थापना गरेको छ । विश्वविद्यालयले लगानी गरेका व्यवसायबाट प्राप्त मुनाफा पून नयाँ सोचमा लगानी गर्ने कम्पनीको योजना रहेको छ । यस कम्पनीले लगानीका साथै परामर्श, तालिम, सहयोग र सहजीकरण गर्ने उद्देश्य लिएको छ ।

काठमाडौं विश्वविद्यालयमा सन् २०१४ मै स्थापना भएको काठमाडौं विश्वविद्यालय विजनेश इन्क्यूबेशन सेन्टरको स्थापना भएको थियो । देशकै शैक्षिक संस्थामा पहिलो येस्तो सेन्टर भएको र सो संस्थाले २०१७ सम्ममा १० वटा नविन्तम सोचहरुलाई व्यापारका रुपमा परिणत गरेको थियो । त्यसपछि निष्कृय जस्तै रहेको सो सेन्टरलाई फेरि सकृय बनाएर अघि बढाउन लागिएको हो । विद्यार्थीले आफ्नो पढाईको क्रममा गरेको अध्ययनलाई व्यवसायको रुपमा बदल्नका लागि विशेष गरी सहयोग गरिने थापाले जानकारी दिए ।


Read Previous

निर्माण व्यवसायीले भोली प्रधानमन्त्री निवास अगाडि धर्ना दिने, थप आन्दोलन घोषणाको तयारी

Read Next

सौर्य मिनिग्रिडबाट सुनकाेशीका १९१ घरमा विद्युत

Leave a Reply

Your email address will not be published.