काठमाडौं । जलविद्युत प्रवर्द्धक एवं इन्जिनियर मिथुन चक्रवर्ती प्रसाद पौडेलले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इपान) को कार्यसमिति सदस्य पदका लागि उमेद्वारी दर्ता गराएका छन् । इपानको भोलि हुन लागेको निर्वाचनका लागि उनले गणेश कार्की प्यानलबाट उमेद्वारी दर्ता गराएका हुन् ।
राइजिङ हाइड्रोपावर कम्पनीका अध्यक्ष समेत रहेका पौडेलले कार्की प्यालनमा खुल्लातर्फबाट उमेद्वारी दिएका हुन् । इपानमार्फत जलविद्युत क्षेत्रका समास्या सम्बन्धित निकायमा पुर्याएर समाधानको पहल गर्न युवाहरू पनि अगाडि आउनु पर्ने हुँदा यो पटक सदस्यमा उमेद्वारी दिएको उनले बताए ।
उनले इपान कार्यसमिति सदस्यमा निर्वाचित भएमा ऊर्जा क्षेत्रका समस्या शसक्तरूपमा उठाउन अग्रसर भएर लाग्ने बताए । उनको उमेद्वारी दर्ता क्रम संख्या ५ रहेको छ ।
‘इपान समग्र ऊर्जा क्षेत्रको साझा संस्था हो,’ उनले भने,‘यो संस्थामा युवाहरूको पनि प्रतिनिधित्व हुनु पर्छ भन्ने मान्यता राख्दै यस पटक मैले पनि उमेद्वारी दिएको छु । अहलेसम्मकाे अवस्थाले विजयी हुन्छु भन्ने आत्मविश्वास बढेको छ ।’
उनी अहिलेको निर्वाचनमा जलविद्युत क्षेत्रमा लामो अनुभव भएका व्यक्तित्वहरूको उमेद्वारी परेकाले जो विजयी भए पनि इपानमा राम्रो टिम बन्ने बताए ।
इपानको भोलि हुने २१औं साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दैछ । चुनावी प्रतिश्पर्धामा पौडेलसहित ३८ जनाको उमेद्वारी परेको छ । जसमध्ये ५ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।