Nepal Purbadhar

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024
कलुवापुर-बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन काबेली बेसिनमा निर्माणाधीन ४७ मेगावाटका आयोजना ५ महिनामा प्रसारण प्रणालीमा आउँदै बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा    सुदूरपश्चिम प्रदेशका ७५ प्रतिशत नागरिक गुणस्तरीय खानेपानीकाे पहुँच बाहिर    ८ खर्ब ५३ अर्ब रुपैयाँ लागतका जलविद्युत आयोजना अगाडि बढाउँदै उत्पादन कम्पनी    ३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

पदमार्गले जोडिँदै करवाकेली–मोहरेडाँडा


म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेका प्रमुख दुई पर्यटकीयस्थल जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको काफलडाँडामा रहेको करपाकेलीबाट राम्चेको शिर आलडाँडा हुँदै समुद्री सतहबाट तीन हजार तीन सय मिटर उचाइमा रहेको मोहरेडाँडा जोड्ने पदमार्ग निर्माण सुरु भएको हो ।

अन्नपूर्ण गाउँपालिका–८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले गण्डकी प्रदेश सरकारको सशर्त अनुदानमा उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गर्न लागिएको जानकारी दिए । ‘प्रदेश सरकारबाट प्राप्त रु ३० लाख बजेटबाट पदमार्ग बनाउन लागिएको हो’, उनले भने, ‘जङ्गल, खोल्सा, भिर र साँघुरो ठाउँमा ढुङ्गाको सिँढी चिनेर पैदलमार्गका साथै दुईवटा विश्रामस्थल बनाउने योजना छ ।’

करवाकेलीबाट आलडाँडासम्म र आलडाँडाबाट मोहरेडाँडासम्म दुईवटा खण्ड बनाएर पदमार्ग निर्माणमा स्थानीय मजदुर परिचालन गरिएको छ । पर्यटकलाई आश्रयका लागि सम्धीखर्क र आलडाँडामा दुईवटा प्रतिक्षालय भवन निर्माण गरिने करवाकेली–मोहरेडाँडा पर्यटन पदमार्ग उपभोक्ता समितिका अध्यक्ष गमबहादुर पुर्जाले बताए ।

करवाकेली–आलडाँडा खण्डको पदमार्ग बनाउने जिम्मा काफलडाँडा टोलका उपभोक्ताले लिएका छन् । राम्चेका उपभोक्ताले आलडाँडाबाट मोहरेडाँडा खण्डको जिम्मा लिएका छन् । एक समूहमा दैनिक १०–१५ देखि १५–२० जनाका दरले मजदुर परिचालन गरिएको छ । आगामी जेठ मसान्तसम्म पदमार्ग निर्माण गरिसक्ने लक्ष्य छ । ढुङ्गा चिन्नुका साथै पुरानो बाटोको झाडी सफाइ तथा माटो काटेर व्यवस्थित पदमार्ग बनाइने अन्नपूर्ण गाउँपालिकाका इञ्जीनियर ईश्वर भण्डारीले बताउनुभयो ।

बस्तीबाट टाढा र भुइँमा बिछ्याउने ढुङ्गा नपाइदा पदमार्ग निर्माणमा चुनौती बनेको छ । पदमार्ग निर्माण भएपछि पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहज हुनुका साथै बाटो बिराउने समस्या हट्ने अपेक्षा गरिएको छ ।

पर्यटकको आगमन बढेसँगै व्यवस्थित पदमार्ग बनाउन लागिएको वडाध्यक्ष गर्बुजाले बताए । अन्नपूर्ण गाउँपालिकाको वडा नं ६ मा पर्ने घोडेपानी, पुनहिलबाट मोहरेडाँडा–करवाकेली हँदै बेनी–जोमसोम सडकअन्तर्गत पर्ने रघुगङ्गा गाउँपालिकाको बैसरी पुग्न सकिन्छ ।

गुराँसको जङ्गल, पुन समुदायको करवाकेली थान, सङ्ग्रहालय, ग्रामीण बस्ती, जीवनशैली, वनजङ्गल, वनस्पति र वन्यजन्तु करवाकेली–मोहरेडाँडा पदमार्गका आकर्षण हुन् । यो पदमार्गले करवाकेली र अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्गलाई जोड्छ । करवाकेली र पुनहिलबाट तीन घण्टा पैदल हिँडेपछि पुगिने मोहरेडाँडा पछिल्लो समय पर्यटकको आकर्षण बढेको छ । यहाँबाट सूर्योदय, सूर्यास्त, सिस्ने, गुर्जा, धवलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनास्लु हिमाल, म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा र पाल्पाको भूगोल अवलोकन गर्न सकिन्छ ।


Read Previous

प्रधानमन्त्रीको भारत भ्रमणमा २ सय मेगावाटका ५ आयोजनासँग व्यापार सम्झौता, पीडीए र प्रशारण लाइनको शिलान्याश हुने

Read Next

प्रधानमन्त्री दाहाल आज भारतको औपचारिक भ्रमणमा जाँदै, विद्युत व्यापार उच्च प्राथमिकतामा

Leave a Reply

Your email address will not be published.