Nepal Purbadhar

जेठभित्रै इपानको नयाँ कार्यसमिति निर्वाचन गर्ने निर्णय


काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) को आइतबार बसेको कार्यसमिति बैठकले जेठ ३२ मा वार्षिक साधारणसभामा तथा नयाँ कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ ।

बैठकले आर्थिक वर्ष २०७८/७९ को २१ औं वार्षिक साधारणसभा र निर्वाचन गर्ने भएको हो । निर्वाचन प्रकृयामा भाग लिनको लागि यही जेष्ठ २५ भित्र सदस्यता नविकरण र नयाँ प्राप्त गरिसक्नुपर्ने समेत निर्णय गरेको छ ।

यसका साथै साधारणसभाका तयारीको लागि उपाध्यक्ष मोहन कुमार डांगीको संयोजक रहने गरी सचिव राम प्रसाद आचार्य र सदस्य प्रकाश दुलाल रहेको मुल तयारी समिति गठन गरेको छ ।

संस्थाको हालको स्वरुपमा परिमार्जन गरी संस्थालाई नयाँ ढंगले अगाडि बढाउने सम्बन्धी अध्ययन सुझाव पेश गर्न सचिव भरत बहादुर खत्री संयोजक रहने गरी सल्लाहकार भानु पोखरेल र प्रकाश दुलाल सदस्य रहेको समिति गठन गरको छ ।

बैठकले सबै ऊर्जा उत्पादकहरुलाई जेष्ठ २५ गते भित्र सदस्यता नविकरण र नयाँ प्राप्त गर्न आव्हान समेत गर्ने निर्णय गरेको छ ।


Read Previous

निर्माणको ३५ वर्षपछि बनेपा बसपार्क सञ्चालनको तयारी

Read Next

भू–प्रविधि समाजको २९ औं वार्षिक उत्सवको अवसरमा ५ विधामा सम्मान