Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै    इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै

भू–प्रविधि समाजको २९ औं वार्षिक उत्सवको अवसरमा ५ विधामा सम्मान


काठमाडौं । नेपाल भू–प्रविधि समाजको २९ औं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाइएको छ । दीगो विकासको लागि भूप्रविधि नाराको साथ मनाइएको वार्षिकोत्सवमा समाजले एक विशेष कार्यक्रमकाबीच विविध ५ विधामा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्यो ।

समाजले प्राध्यापक डा. मदन बहादुर कार्कीलाई लाइफटाइम अचिभमेण्ट अवार्डमार्फत सम्मान गरेको छ । उनले इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा भूप्रविधि विषयमा लामो समय अध्यापन गरेका छन् । त्यस्तै, जापान तथा अमेरिका पुगेर अनुसन्धान तथा परामर्श कार्यमा पुर्याएको योगदानको सम्मान गर्दै उनलाई यो अवार्डले प्रदान गरिएको समाजका उपाध्यक्ष डा.मन्दिप सुवेदीले जानकारी दिए ।

समाजले ‘जिओलोजीकल कन्ट्रिब्युसन अवार्ड’ भने इञ्जिनियर इन्दु शर्मा ढकाललाई प्रदान गरेको छ । ढकाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्व सहसचिव हुन् । उनले सडक विभागमा ३३ वर्ष काम गरेका थिए । अहिले एशियाली विकास बैंकमा कार्यरत छन् ।

त्यस्तै, नेशनल जिओटेक्नीकल प्राइड अवार्डबाट इञ्जिनियर तथा सडक विभागका उपमहानिर्देशक नरेशमान शाक्य सम्मानित भएका छन् । पछिल्ला ३१ वर्षदेखि सडक विभागमा सक्रिय शाक्य नागढुंगा सुरुङमार्ग योजनाको प्रमुखको रुपमा काम गरिसकेका छन् । उनले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पनि धेरै अनुसन्धान पत्रहरु प्रकाशित गरेका छन् ।

इञ्जिनियर किशोर पौडेललाई इञ्जिनियरिङ आट्रप्रेनर अवार्डबाट सम्मान गरिएको छ । उनी १ हजारभन्दा बढी राजमार्ग, रेलवे, भवन निर्माणमा सहभागी भइसकेका छन् । उनले भूप्रविधि ल्याब उद्योगको प्रवद्धनमा खेलेको भुमिकाको लागि यो सम्मान प्रदान गरिएको हो ।

‘एक्सिलेण्ट ग्राजुएट थेसिस अवार्ड’ बाट इञ्जिनियर राजन केसी सम्मानित भएका छन् । पुल्चोक इञ्जिनियरिङ कलेजका विद्यार्थी केसीको मास्टर्स थेसिसले सबैभन्दा धेरै अंक प्राप्त गरेको थियो ।


Read Previous

जेठभित्रै इपानको नयाँ कार्यसमिति निर्वाचन गर्ने निर्णय

Read Next

तामाकोसी-५ आयोजनामा सञ्चय काेषकाे एकल ऋण लगानी, ४ वर्षमा विद्युत उत्पादनकाे लक्ष्य

Leave a Reply

Your email address will not be published.