Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

छैटौं चेम्बर एक्स्पो भुकुटीमण्डपमा शुरु


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो बिहिबार शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा शुरु मेलामा स्वदेशी उत्पादनसंगै विभिन्न अन्तराष्ट्रिय बस्तुहरु प्रर्दशनी तथा बिक्रीका लागि राखिएका छन ।

मेलामा नेपालमै उत्पादित घरेलु तथा हस्तकलाका सामाग्रीहरु लगायत जडीवुटी, आयुर्वेदिक जन्य बस्तुहरु पनि प्रर्दशनीमा राखिएका छन् । यस्तै अटोमोवाईल, विद्युतीय सामाग्री, फेसन वेयर, छाला जन्य वस्तुहरु समेत प्रर्दशनी एवं बिक्रीका लागि राखिएको छ । छैटौं चेम्बर एक्स्पोको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी भण्डारीले उद्घाटन गरे ।

एक्स्पोको उद्घाटन गर्दै उनले निजी क्षेत्रमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको बताए । उद्योग, व्यवसाय मैत्री नीति मार्फत निजी क्षेत्रसंग सहकार्य गर्न सरकार तयार रहेको मन्त्री भण्डारीको भनाई छ । उनले मुलुकभित्रै रोजगारी सिर्जना गरेर युवाहरुलाई विदेशिनबाट रोक्न सरकारले गृहकार्य गरिरहेको समेत बताए ।

मेलाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक अवस्थामा पनि व्यवसायिक गतिविधीलाई बढाउन व्यापारमेला आयोजना गरिएको बताए । छैटौं व्यापार मेलामा चेम्बरले अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान एवं नेपाली बस्तुहरुको बजारीकरणमा जोड दिईने जनाएको छ ।

सम्वोधनका क्रममा अध्यक्ष मल्लले विदेशबाट आउने बस्तुहरुको भन्सारमा सहजीकरण एवं कार्यक्रम सकिएपछि बस्तु फिर्ता लैजान पाउने व्यवस्थाका लागि सरकारसमक्ष अनुरोध गरे । ‘अन्तराष्ट्रिय स्तरको एक्स्पो स्थल स्थापना गर्न सकिए यसले मुलुकको निर्यात व्यापारलाई थप टेवा पुग्छ भन्ने सरकार समक्ष आग्रह गर्दछु’ उनले भने ।

मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीहरुले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधीहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्लको भनाई छ । ‘चेम्बर एक्स्पोले वाह्य व्यापारिक समुदायसंग सहकार्य भई स्वदेशी उद्यमी व्यवसायीहरुमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न समेत ज्यादै प्रभावकारी हुनेछ’ उनले भने ।

चेम्बर एक्स्पोलाई सम्वोधन गर्दै वाणिज्य सचिव मधु मरासिनीले अर्थतन्त्रलाई चलायमान बनाउन व्यापार मेला फलदायी हुने बताए । माग र आपूर्ति एवं रोजगारी सिर्जना गरेर अर्थतन्त्र चलायमान बनाउन व्यापार मेलाले महत्वपुर्ण सहयोग गर्छ भन्ने मेरो विश्वास छ । यस्ता खाले व्यापार मेला केन्द्रखेखि स्थानीय तहसम्मै गर्नका लागि सरकारले नीतिगत व्यवस्था पनि गरिरहेको छ, ।’

उत्पादन र उपभोक्तालाई एकैठाउँमा जोड्न पनि मेला निकै फलदायी भएको वाणिज्य सचिव मरासिनीको भनाई छ । मुलुकमा ९ खर्व रुपैयाँ भन्दा बढीको निर्यात क्षमता भएपनि यसको पहिचान हुन नसकेको उनले बताए ।

मेला आज बिहिबारदेखि आगामी ८ गते सम्म सञ्चालन हुनेछ । मेलामा स्वदेशी उद्योगी व्यवसायीसंगै भारत, बंगलादेश पाकिस्तान लगायतका मुलुकका उद्योगी व्यवसायीले सहभागिता जनाएका छन् ।


Read Previous

तीन नगरको साझेदारीमा फोहरबाट बायोग्यास उत्पादन

Read Next

सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने

Leave a Reply

Your email address will not be published.