Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

नेपाल–बंगलादेश ऊर्जा बैठकमा सुनकोशी तेस्रो र विद्युत व्यापारबारे छलफल


काठमाडौं । नेपाल र वंगलादेशबीच ६८३ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत आयोजनाको निर्माण र दुई देशबीच विद्युत व्यापारबारे बंगलादेशको ढाकामा छलफल भएको छ ।

नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक कमिटी (जेएससी)को पाँचौँ बैठकको क्रममा सोमबार भएको सह–सचिवस्तरीय संयुक्त प्राविधिक समितिको बैठकमा बंगलादेशले निर्माणका लागि सहमति गरेको सुनकोशी तेस्रोका प्राविधिक तथा वातावरणीय पक्षबारे छलफल भएको हो । त्यसैगरी बैठकमा नेपालबाट बंगलादेश विक्रीका लागि प्रस्ताव गरिएको ५० मेगावाटको बिजुली व्यापारबारे पनि छलफल भएको थियो ।

छलफलमा नेपालको तर्फदेखि ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र बंगलादशको ऊर्जा मन्त्रालयका सहसचिव डा. स्येद मासुम अहमद चौधरीले नेतृत्व गरेका थिए ।

नेपाल विद्युत प्राधिकरणले आगामी बर्षामा लिखु–४ जलविद्युत् आयोजनाको ५० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने तयारी गरेको छ तर बंगलादेशसँग प्रत्यक्ष प्रसारण लाइन नभएकोले भारतको प्रसारण लाइन उपयोग गरेर बंगलादेश लैजानुपर्छ । हालसम्म भारतले यसका लागि स्वीकृति दिएको छैन ।

बैठकमा विद्युत् व्यापारका लागि नेपाल–भारत–बंगलादेशको छुट्टै त्रिपक्षीय संयन्त्र बनाउनबारे पनि छलफल भएको छ । दुई बर्ष अघि भएको बैठकमा त्रिपक्षीय बैठक बसेर विद्युत व्यापारका लागि वातावरण बनाउने निर्णय भएको थियो तर अहिलेसम्म बैठक हुन सकेको छैन । सोमबारको बैठकमा संयन्त्रनै बनाएर अघि बढ्ने गरी छलफल भएको हो ।

आज मंगलबार बस्ने सचिवस्तरीय संयुक्त कार्यकारिणीय समिति (जेएससी) को बैठकले सुनकोशी तेस्रो निर्माणका साथै दुई देशबीचको विद्युत व्यापार, संयन्त्र निर्माण लगायतबारे निर्णय हुनेछ । बैठकको नेतृत्वमा नेपालको तर्फबाट ऊर्जा सचिव दिनेश घिमिरे र बंगलादेशको तर्फबाट ऊर्जा सचिव हाबिबुर रहमानले गर्दैछन् ।


Read Previous

एनओजी नारायणघाट दोस्रो च्याप्टर राइड सम्पन्न

Read Next

नदी तर्न शुल्क तिर्ने लालझाडीवासी भन्छन्-‘कहिले बन्ला पक्की पुल ?’ 

Leave a Reply

Your email address will not be published.