Nepal Purbadhar

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

वैकल्पिक ऊर्जा प्रवद्धर्न केन्द्रको कार्यकारी निर्देशकमा ढकाल


काठमाडौं । मन्त्री परिषदले वैकल्पिक ऊर्जा प्रवद्धर्न केन्द्र (एईपीसी) को कार्यकारी निर्देशकमा नवराज ढकाललाई नियुक्त गरेको छ ।

खुल्ला प्रतिष्पर्धामार्फत मन्त्री परिषदले केन्द्रका नायब कार्यकारी निर्देशक समेत रहेका ढकाललाई नियुक्त गरेको हो । लामो समयदेखि एईपीसीमै कार्यरत ढकाललाई यस क्षेत्रको अनुभवी व्यक्तित्वको रुपमा लिइन्छ ।

२१ जनाले कार्यकारी निर्देशकको लागि आवेदन दिएका थिए । २१ जनामध्ये ढकालसहित जल तथा ऊर्जा आयोगका डा. किरण गौतम र केन्द्रकै डा. सुर्यकुमार सापकोटालाई नियुक्त गर्न मूल्यांकन समितिले मन्त्री परिषदमा सिफारिस गरेको थियो ।

२० बर्ष अघि तालिम अधिकृतको रुपमा एईपीसी प्रवेश गरेका ढकाल सहायक निर्देशक, निर्देशक हुँदै नायब कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए ।


Read Previous

४ महिनामा ३ लाख बढी पर्यटक नेपाल भ्रमणमा आए

Read Next

महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *