Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने

४ महिनामा ३ लाख बढी पर्यटक नेपाल भ्रमणमा आए


काठमाडौं । पछिल्लो ४ महिनामा विश्वका विभिन्न देशबाट ३ लाख बढी पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०२३ को जनवरीदेखि अप्रिलसम्म ३ लाख २६ हजार पर्यटक नेपाल घुम्न आएका हुन् ।

अप्रिलमा ९८ हजार ७ सय ७३ पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार सन् २०१९ को अप्रिलको तुलनामा गत महिना नेपाल आउने पर्यटकको संख्या ९०.२८ प्रतिशत बढी हो ।

अप्रिलमा नेपाल आउने पर्यटकमा भारतबाट ३१ हजार ४ सय ३७, अमेरिकाबाट ८ हजार ४ सय १३, बेलायतबाट ५ हजार ४ सय ९, चीनबाट ४ हजार ७ सय ७० जना छन् । यो महिना सार्क रिजनबाट ३५ हजार ४ सय ४३ जना,एसिया रिजनबाट १४ हजार ६ सय ५५ जना,यूरोपबाट २४ हजार ३ सय ९३ जना,ओशिआनियाबाट ४ हजार २ सय २२ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यसअघि मार्च महिनाामा पनि ९९ हजार ४ सय २६ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको तथ्यांकले देखाएको छ । मार्चमा भारतबाट २५ हजार ९ सय ११,दोश्रोमा ९ हजार ५ सय ५७, बेलायतबाट ६ हजार १ सय ३३, जर्मनबाट ४ हजार १ सय ४९ श्रीलंका ३ हजार ८ सय ९८ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०२३ को पहिलो महिना जनवरीमा ५५ हजार र फेब्रवरी ७३ हजार २ सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । जनवरी यता आउने पर्यटकको संख्या क्रमशः बढ्दै गएको बोर्डले जनाएको छ ।

यसअघि सन् २०२२ को अप्रिलमा ६१ हजार ५ सय ८९ जना, सन् २०२१मा २२ हजार ७ सय ३२,पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०२१ को सोही महिना २२ हजार ७ सय ३२, सन् २०२० मा १४,र सन् २०१९मा १ लाख ९ हजार ३ सय ९९ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।


Read Previous

डिजिटल रूपान्तरणको बाटोमा   

Read Next

वैकल्पिक ऊर्जा प्रवद्धर्न केन्द्रको कार्यकारी निर्देशकमा ढकाल

Leave a Reply

Your email address will not be published.