Nepal Purbadhar

सेती खोला जलविद्युतको स्वपुँजीमा डोल्मा कोषको ४९ प्रतिशत लगानी


काठमाडौं । २२ मेगावाटको सेतीखोला जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीको स्वपुँजीमा डोल्मा इम्प्याक्ट फण्ड आईआईले ४९ प्रतिशत लगानी गरेको छ । ५ अर्ब ३ करोड लागत रहेको आयोजनाको प्रर्वद्धक कम्पनी सेतीखोला हाइड्रोपावर कम्पनीमा डोल्मा कोषले ४९ प्रतिशत स्वपुँजीमा लगानी गरेको हो । यो लगानी डोल्मा फण्डले जलविद्युतमा लगानी गरेको सबैभन्दा ठूलो लगानी हो ।

यसअघि डोल्माले २८.१ मेगावाटको स्वेतगंगामा ३.२ मिलियन डलर, ७.१ र ६.४ मेगावाटका दुई सुरी खोला आयोजनामा २.३ मिलियन  डलर तथा ५ मेगावाटको सोलार बेलचौतारामा २.२ मिलियन  डलर  रुपैयाँ बराबरको लगायत गरेको डोल्माका लगानी निर्देशक शब्द ज्ञवालीले जानकारी दिए । उनका अनुसार, सेतीखोलामा गरिएको लगानी अहिलेसम्म सबैभन्दा बढी ३.५ मिलियन डलर अर्थात ४५ करोड बराबर गर्ने सम्झौता गरेको छ ।

 

आयोजनाको लागत ५ अर्ब ३ करोड रहेको छ । यसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीको व्यवस्था छ । कुमारी बैकको नेतृत्वमा निफ्रा र नबिल बैक ऋण लगानी गर्न लागेको आयोजनाको १ अर्ब २५ करोड स्वपुँजीमध्ये ४९ प्रतिशत डोल्मा लगानी रहने गरी सम्झौता भएको कम्पनीका अध्यक्ष अनुप आचार्यले जानकारी दिए ।

डोल्माले आयोजनामा लगानी गरेको अवसरमा आयोजित कार्यक्रममा नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले डोल्माले सेतीखोलामा गरेको डोल्माको लगानी पाँचौ रहेको जानकारी दिँदै जलविद्युतको दक्षिण एशियाको बजारका लागि उत्पादन महत्वपूर्ण हुने बताइन । उनले नेपालमा स्वच्छ ऊर्जाको सम्भावना रहेको र यसको विकासका लागि लगानीको न्यूनता देखिएकोले यस्ता लगानीले धेरै सहयोग पुग्ने बताइन ।

कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंह, नबिल बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर ढुंगाना, नेपाल इन्फ्रास्टक्चर बैकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, डोल्मा फण्डका प्रबन्ध निर्देशक विद्यावारिधी सिग्देल लगायतले जलविद्युत आयोजना आकर्षक भएकोले यसमा लगानी गरिएको बताउँदै यसले ऊर्जा क्षेत्रको विकासमा ठूलो सहयोग गर्ने बताए ।


Read Previous

एडीबी सहयोगमा सञ्चालित विकास परियोजनामा लक्ष्यको ४३ प्रतिशत मात्र खर्च

Read Next

एनसेल बाह्रखरी गल्फको उपाधी सञ्चय पौडेललाई, आर्थिक परिसंवादमा संकटउन्मुख अर्थतन्त्रलाई जागरुक बनाउन जोड