Nepal Purbadhar

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि निरीक्षण   


बैतडी। नेपाल-भारत सीमा नाका रहेको बैतडीको झुलाघाटस्थित महाकाली नदीमाथि मोटरेबल पुल निर्माणका लागि निरीक्षण गरिएको छ । भारतीय सडक विभागका इन्जिनियर ओमप्रकाश नेतृत्वको प्राविधिक टोलीले पुल निर्माणस्थल नेपालतर्फको मौराभिर र भारततर्फको एसएसबी क्याम्प नजिक सालघारी क्षेत्रको निरीक्षण गरेको हो ।

५ सय मिटर लमो उक्त पुलको लागत ४ अर्ब ५७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यसअघि, सर्भेक्षण, वृस्तित अध्ययन प्रतिवेदन(डिपिआर) र मुआब्जाका लागि थप रु २० करोड लाग्ने अनुमान प्राविधिक टोलीको छ ।

पुल निर्माण भारतीय लगानीमा हुने जनाइएको छ । झुलाघाट नाकामा अहिले झन्डै सयौँ वर्ष पुरानो झोलुङ्गे पुलबाट आवत–जावत भइरहेको छ । उक्त नाकामा मोटरेबल पुल निर्माणका लागि सन् २००६ देखि नै चर्चा सुरु गरिए पनि बल्ल आएर पुल निर्माणको काम अघि बढ्ने सङ्केत देखिएको छ ।

झोलुङ्गे पुल रहेको क्षेत्रमा एक सय पाँच मिटर लामो मोटरेबल पुल बनाउने योजना रहेकामा पञ्चेश्वर परियोजनाको डुबान क्षेत्रमा पर्ने भन्दै काम अगाडि बढ्न सकिएकोे थिएन । सन् २०१७ मा डुबान हुने क्षेत्रभन्दा माथि पुल निर्माण गर्ने निर्णय भएकामा सोही स्थानमा निरीक्षण गरिएको हो ।

झुलाघाट नाकामा मोटरेबल पुल निर्माणका लागि स्थलगत निरीक्षण भएपछि दुवै देशका नागरिक पुल बन्नेमा आशावादी देखिएका छन् । झुलाघाट नाकामा मोटरेबल पुल निर्माण भएमा दुवै देशको आर्थिक र व्यापारिक गतिविधिमा सुधार आउने स्थानीयवासी तेजप्रकाश भट्टले बताए । “प्राविधिक टोलीले पुल निर्माणका लागि निरीक्षण गर्नु निकै खुसीको कुरा हो, मोटरेबल पुल निर्माण भएमा दुवै देशको आर्थिक उन्नति बढ्छ ” उनले भने ।

सीमा नाका झुलाघाटमा पक्की पुल निर्माण भए बैतडीको उत्पादनको बजार विस्तार हुनाका साथै धार्मिक पर्यटनको विकासका लागि महत्वपूर्ण नाका बन्ने देहिमाडौँका व्यापारी दीपक बोहराले बताउनुभयो । उनले मध्यपहाडी लोकमार्गअन्तर्गतको अन्तिम विन्दु झुलाघाटमा पक्की पुलको निर्माण गर्न सके भारतीय बजारमा थुप्रै नेपाली उत्पादन निर्यात गर्न सकिने बताए ।

सीमानाका झुलाघाटमा हाल झोलुङ्गे पुल छ । झन्डै ४ सय वर्ष पुरानो झोलुङ्गे पुल बेलाबेला मर्मत गरिँदै आएको छ । तत्कालका लागि काम दिने गरी मर्मत गरिएको पुलमा जोखिम भने कायमै छ । बेलायती सरकारकोे पालामा बनेको पुल १८३० देखि सञ्चालनमा आएको थियो । पुरानो काठको पुल भारतीय पक्षले बेला–बेलामा काम चलाउनका लागि मर्मत गरे पनि पूर्णरुपले मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा सयौँ जोखिम मोलेर दैनिक यात्रा गर्न बाध्य छन् ।

सीमा क्षेत्रका नागरिकले लामो समयदेखि झुलाघाट नाकामा मोटरेबल पुल निर्माणका लागि माग गर्दै आएका छन् । उक्त नाकामा मोटरेबल पुलको माग गर्दै बैतडीवासी ३८ दिन लामो रिले अनशन बसेका थिए । पक्की पुल निर्माणका लागि बैतडी उद्योग वाणिज्य सङ्घले १० हजार बैतडीवासीको हस्ताक्षर सङ्कलन गरी नेपाल सरकार र भारतीय दूतावासलाई बुझाएको थियो ।

झुलाघाट नाका सदूरपश्चिम प्रदेशको पुरानो तथा मुख्य नाकाका रुपमा चिनिन्छ । उक्त नाका भएर सुदूरपश्चिमका साथै कर्णाली प्रदेशका नागरिकसमेत आवतजावत गर्ने गर्दै आएका छन् ।


Read Previous

विद्युतीय सवारी साधानको आयात ६६.३९ प्रतिशतले बढ्याे

Read Next

एडीबी सहयोगमा सञ्चालित विकास परियोजनामा लक्ष्यको ४३ प्रतिशत मात्र खर्च

Leave a Reply

Your email address will not be published. Required fields are marked *