Nepal Purbadhar

वायुसेवा निगमबाट करिब ३ अर्ब साँवा र ब्याज भुक्तानी


काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एक वर्षको अवधिमा जहाज खरिदका लागि लिएको ऋणको साँवा र ब्याज करिब  ३ अर्ब रूपैयाँ भुक्तानी गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको २ अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ रूपैयाँ भुक्तानी गरेको हो ।

निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएसँगै जहाज खरिदबापत लिएको ऋणको विसं २०७९ असार महिनादेखि चैत ३० गतेसम्मको उक्त रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरिएको निगमले उल्लेख गरेको छ ।

निगमले २०७९ चैत्र महिनाको किस्ताबापत दुवै कोषलाई जम्मा  ५३ करोड ९लाख ५५ हजार दुई सय ८१  रूपैयाँ रकम भुक्तानी गरेको छ ।

सोही वर्षको असारमा १ अर्ब ३५ करोड, असोजमा ७३ करोड ९ लाख ५५ हजार दुई २८१ , पुसमा ३३ करोड ९ लाख ५५ हजार २८१ र चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ गरी जम्मा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रूपैयाँ रकम भुक्तानी गरिएको निगमले जनाएको छ ।

विश्वव्यापी कारोना महामारीका कारण निगमको व्यापार खुम्चियो । परिस्थिति सहज बनेपछि निगमको आम्दानीमा पनि सुधार आएकाले दुबै कोषलाई नियमितरुपमा किस्ता तिर्न सकिएको प्रवक्ता पौडेलले बताए । रासस


Read Previous

पूर्व ऊर्जा मन्त्रीहरूको एउटै स्वरः जलविद्युत विकासलाई तीव्रता दिन एक द्वार नीति चाहिन्छ

Read Next

बहुतले भवन बनाउन घरटहरा हटाइने