Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

बजेट अभावले थानकोट-चित्लाङ सडक खण्डकाे स्तरोन्नति हुन सकेन


काठमाडौं । काठमाडौंलाई हेटौंडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट-चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्रयाक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन । काठमाडौंतर्फको सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भए पनि दैनिक धेरै सवारी साधनको आवागमन हुने गरेकाले दुई किलोमिटरबाहेक अन्यत्र स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन ।

बजेट अभावका कारण स्तरोन्नतिको काम अगाडी बढ्न नसकेको काठमाडौंस्थित सडक डिभिजन कार्यालयले जनाएको छ । काठमाडौंबाट जाने सडक ट्रयाक खुलेर कटिङमात्र गरिएको छ । “ठाउँ–ठाउँमा कहिलेकाहीं मर्मत हुने गरेको भए पनि स्तरोन्नति गर्नुपर्ने आवश्यकता छ । सडक डिभिजनसँग स्तरोन्नतिका लागि बजेट छैन”, कार्यालयका इञ्जिनियर नेत्र पौडेलले भने ।

बल्खुबाट फर्पिङ हुँदै हेटौंडातर्फ सडक निर्माण भइरहेको छ । यहाँ गाडीको चाप बढी हुने हुँदा मर्मत गरिएका सडक पनि चाँडो बिग्रिरहेको उनकाे भनाइ छ ।

थानकोटबाट साढे २ किलाेमिटर सडक मात्रै कालोपत्र गरिएको छ । त्यहाँबाट काठमाडौंसम्म ६ किलाेमिटर सडक बिग्रिएको छ । मोड बढी हुनुका साथै बाटोको ग्रेड पनि बढी भएकाले मर्मत गरिएका सडक बिग्रिरहेको जनाइएको छ । चित्लाङको दुई किमी कालोपत्र भइरहेको छ । थानकोटतर्फ धेरै स्थानमा बाटो बिग्रिएकाले स्तारोन्नतिमा समस्या भइरहेको सडक डिभिजन कार्यालयले जनाएकाे छ ।

गत वर्ष चित्लाङ बजारबाट थानकोटतर्फको २ किमी सडक कालोपत्रेका लागि ठेक्का भएको थियो । अहिले भइरहेको स्तरोन्नतिको काम चालू आर्थिक वर्षभित्र सकिने इञ्जिनियर पौडेलले जानकारी दिए । थानकोट–चित्लाङ सडक खण्डलाई गणेशमान सिंह मार्ग नामकरण गरिएको छ । मकवानपुरतर्फ पनि विभिन्न खण्डमा सडक मर्मत भइरहेको छ ।


Read Previous

एमसीसी अनुदानकाे प्रसारण लाइन निर्माणमा नुवाकाेटका ४ पालिकाको असहयोग   

Read Next

उपत्यकाका विस्तार हुँदै गरेका सडकमा पुल निर्माण गरिने

Leave a Reply

Your email address will not be published.