Nepal Purbadhar

मेलम्चीको पानी वितरण गर्न बाँकी स्थानमा पाइप विच्छ्याउन सुरु


काठमाडाैं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न बाँकी स्थानमा पाइप विच्छ्याउन सुरु गरिएको छ । पहिले विच्छ्याएका पाइपकाे परीक्षण गर्ने र आगामी वर्ष नयाँ पाइपबाट पानी वितरण गर्ने उद्देश्यले काम सुरु गरिएको हो ।

यसअघि एसियाली विकास बैंकको ऋण सहयोगमा चक्रपथभित्रका विभिन्न स्थानमा पाइप विच्छ्याइएकोमा त्यतिबेला छुटेका स्थानमा अहिले पुराना पाइप परीक्षण गर्नुका साथै नयाँ पाइप विच्छ्याउन सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताए । “पहिले छुटेका चक्रपथभित्रका ठाउँ र चक्रपथ बाहिरका केही ठाउँमा अहिले काम भइरहेको छ ,” उनले भने ।

चक्रपथभित्र बालुवाटार, धुम्बाराही, कलङ्की, स्वयम्भू क्षेत्रमा तथा चक्रपथ बाहिर कपन र मण्डिखाटार क्षेत्रमा पनि पाइप विच्छ्याउने काम भइरहेको छ । पाइप विच्छ्याइसकेपछि परीक्षण गर्न एक वर्ष लाग्न सक्ने पनि उनले बताए । परीक्षणपछि नियमित पानी वितरण गरिने उनले बताए ।

पहिलो चरणमा १ हजार १० किलाेमिटर पाइप विच्छ्याइको थियो । ती ठाउँमा अहिले आधाभन्दा बढी परीक्षण भइसकेको निर्देशनालयले जनाएको छ । परीक्षण सकिएका स्थानमा नयाँ र नसकिएका ठाउँमा पुरानो पाइपबाट खानेपानी वितरण भइरहेको छ ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना निर्माणमा एशियाली विकास बैंकले सहयोग गर्दै आएको छ । हिउँदमा मात्रै नभएर वर्षाको समयमा पनि पानी ल्याउन सकियोस् भनेर छुटेका ठाउँमा पाइप विच्छ्याउन लागिएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।

Facebook Comments

Read Previous

हुलाकी राजमार्ग कालोपत्रसँगै ठोरीको फेरियो पहिचान

Read Next

सरकारकाे न्यूनतम साझा कार्यक्रममा पूर्वाधारलाई प्राथमिकता (पूर्णपाठ सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar