Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

सरकारकाे न्यूनतम साझा कार्यक्रममा पूर्वाधारलाई प्राथमिकता (पूर्णपाठ सहित)


काठमाडाैं । सरकारले आफ्ना प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सिंहदरबारमा एक कार्यक्रम गरी सरकारका प्रवक्ता रेखा शर्माले प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेकी हुन् । सरकारले ९ओटा प्राथमिकता तोकेको छ भने नीति तथा कार्यक्रमलाई ९ वटा क्षेत्रमा विभाजन गरी हरेक क्षेत्रअन्तर्गत गर्ने कामका बुँदा उल्लेख गरेको छ ।

न्यूनतम साझा कार्यक्रममा भौतिक पूर्वाधारको दीगो एवम् गुणस्तरीय विकास निर्माण गर्ने, समयमै निर्माण सम्पन्न गर्ने, ५ वर्षसम्म विग्रे भत्केको मर्मत सम्भार निर्माण कम्पनीले नै गर्नुपर्ने व्यवस्था गर्ने उल्लेख छ ।

यातायात क्षेत्रको एकीकृत विकासका लागि स्थल, हवाई, रेल, पानीजहाज र केवुल कार सेवाको एकीकृत योजना निर्माण गरी सार्वजनिक यातायात सेवालाई सुदृढ र व्यवस्थित गर्न उल्लेख छ । पूर्वपश्चिम लोकमार्ग ४ लेन तथा काठमाडौ उपत्यकाको रिङरोड ८ लेनमा विस्तारको बाँकी कामलाई यथासिघ्र सम्पन्न गर्न प्राथमिकता दिने कार्यक्रममा परेकाे छ ।

मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्गलगायतका पूर्व पश्चिम लोकमार्गहरू र उत्तर दक्षिणका कोरिडर तथा व्यापारिक मार्गहरू प्राथमिकताका साथ निर्माण गर्ने भनिएकाे छ ।

Final-CMP of Coalition Govt-2079


Read Previous

मेलम्चीको पानी वितरण गर्न बाँकी स्थानमा पाइप विच्छ्याउन सुरु   

Read Next

विद्युत व्यापारका लागि तयार छ निजी क्षेत्र

Leave a Reply

Your email address will not be published.