Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको साढे ८ हजार मिटर पाइपमा क्षति  


काभ्रे । काभ्रेका ३ नगरपालिका समेटिएको निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको ८ हजार ७ सय २१ मिटर पाइपमा क्षति पुगेको छ । स्थानीय तहमा भइरहेकाे सडक विस्तार तथा अन्य संरचना निर्माणका क्रममा विभिन्न स्थानमा बिछ्याइएका पाइमा क्षति पुगेकाे हाे ।

बनेपा नगरपालिकाले ३ सय ३५ मिटर, धुलिखेल नगरपालिकाले १ हजार ४ सय ३५ मिटर, पनौती नपाले ४ हजार ३ सय २५ र सडक विभागले सडक विस्तारका क्रममा तीनवटै नगरपालिकामा २ हजार ६ सय २६ मिटर पाइपमा क्षति पुर्याएको आयोजनाले जनाएकाे छ ।

क्षतिका कारण आयोजनाको रु एक करोड १६ लाख ३९ हजार ६५ बराबरको नोक्सान भएको हो । निर्माणाधीन आयोजनाको पाइप क्षतिबारे तीन नगरका जनप्रतिनिधिले आलटाल गरेको जनाइएको छ । बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्यले ती वडामार्फत क्षति पुगेको पाइपबारे थप अनुगमन गरी व्यहोर्न सकिने बताए ।

“सम्झौताभन्दा कम गुणस्तरको पाइप राखेका कारण पानीको प्रेसर परीक्षण गर्दा धेरै स्थानमा फुटेको पाइएको छ, अन्य स्थानको क्षतिबारे अनुगमन गरी परेमा बेहोर्नु पर्नेछ”, उनले भने । पाँच मुहानबाट पानी सङ्कलन गरिने आयोजनाको ३ सय ३८ किलोमिटरमध्ये हालसम्म २ सय ९८ किमीमा पाइप बिछ्याइएको छ ।

सन् २०१२ डिसेम्बर १९ मा सन् २०१५ जुन १२ अर्थात् सात सय ३० दिनमा सक्ने गरी सम्झौता भएको आयोजना करिब ११ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । करिब एक अर्ब रुपैयाँ लागतको उक्त खानेपानी आयोजनाको २९ प्रतिशत बजेट दिएको एसियाली विकास बैंक (एडिबी)ले आयोजनाबाट हात झिकिसकेको छ ।

३ वर्षदेखि आयोजनाको काम ९७ प्रतिशत सकिएको जनाउँदै आइएको छ । आयोजना सम्पन्न नहुँदा तीन नगरपालिकाका करिब ९३ हजारले खानेपानी पाउन नसकेका हुन् । गत वर्षको चैतसम्ममा काभ्रेपलाञ्चोकका तीन पुराना नगर बनेपा, धुलिखेल र पनौती नगरका स्थानीयका घरघरमा २४सै घण्टा स्वच्छ खानेपानी खानेपानी पु¥याउने जनाइएको थियो । परीक्षणका विविध प्राविधिक समस्या दर्शाउँदै आयोजनाको खानेपानी वितरण कार्य लम्ब्याइएको हो ।

चिनियाँ ठेकेदार कम्पनी निम्बो निङसिङ इन्टरनेशनल इङ्क ठेकेदार कम्पनीलाई १२ पटकसम्म म्याद थप्दा पनि अझै काम सम्पन्न हुन नसके पनि आयोजनाको नयाँ ठेकेदार कम्पनीको खोजी गर्ने प्रक्रियामा लागिएको छ । शाक्यले भने, “नयाँ ठेकेदार कम्पनी खोज्नेबारे तीनै नगरपालिकाले छलफल गरेको हो, तर पुरानो निर्माण कम्पनीले आयोजनाको लागत अनुमान दिएको छैन, त्यसका कारण आयोजना कहिलेसम्म सम्पन्न गर्ने भन्नेमा अन्योलता बढेको छ ।”

ठेकेदार कम्पनीलाई १२औं पटक म्याद थप्दा पनि आलटाल गरी दिइएको समयमा काम नसकेपछि इङ्कले सन् २०२० देखि बाँकी काम नगरको आयोजनाले जनाएको छ । आयोजनाका सूचना अधिकारी रामसुन्दर वादेले नयाँ कम्पनी छनोट गरिएपछि ४ महिनाको अवधिमा आयोजना सम्पन्न हुने बताए ।

वादेका अनुसार हाल खानेपानी संस्थानको वितरण प्रणालीमा मुख्य लाइनबाट पानी मिसाइ परीक्षण गराउनुका साथै पनौती–खोपासी सडक, पनौती–बनेपा सडकको दायाँबायाँका वितरण प्रणालीका बिग्रेका पाइप फेर्दै प्रणालीले समेटेका बस्तीमा खानेपानी वितरणको प्रक्रिया थालिनेछ । आयोजनाको रिजर्भवायर ट्याङ्की निर्माण र पाइप ओछ्याउनेलगायतका भौतिक पूर्वाधारको ९७ प्रतिशत काम सम्पन्न भएको छ । पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम गर्ने भइरहेको छ ।

मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँच गर्दै धमाधम घरमा धारा जडानको प्रक्रियासमेत भइरहेको जनाइएको छ । ३ नगरका एक हजार १ सय १४ धाराको इन्टर–कनेक्सन गरिएको छ । यस आयोजनालाई तत्कालीन अवस्थामा एडिबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाका रूपमा हेरिएको थियो ।


Read Previous

नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन साउनभित्र सम्पन्न गर्ने प्राधिकरणको ताकेता

Read Next

विद्युत व्यापारमा निजी क्षेत्र प्रवेशकाे आवश्यकता

Leave a Reply

Your email address will not be published.