Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा भैरवकुण्ड


सिन्धुपाल्चोक । यहाँका प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल भैरवकुण्ड अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । समुन्द्र सतहदेखि ४ हजार २ सय मिटर उचाइमा रहेको भैरवकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्ने भए पनि अहिले बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् । त्यसले गर्दा यहाँको चहलपहल बढेको छ ।

भोटेकोसी गाउँपालिका–३ मा अवस्थित भैरवकुण्डको दर्शन गरेका मनले चिताएका कुरा पूरा हुने जनविश्वास रहेको छ । भैरवकुण्ड पर्यटक पदमार्गका लागि निकै आकर्षक ठाँउ हो । कुण्डबाट देखिने हिम शृङ्खलाको मनमोहक दृश्यले जो कोहीलाई रोमाञ्चित बनाउँछ । अहिले स्वदेशी तथा विदेशी पर्यटक भैरवकुण्ड पुग्ने गरेका स्थानीय देवबहादुर खड्काले बताए ।  सातामा सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेको उनले बताए ।

बिदाको समयमा हिँउ खेल्नलगायत मनोरञ्जनका लागि यहाँ अहिले पर्यटक पुग्ने गरेका छन् । ‘आइस’ बनेको ताल, त्यहाँबाट देखिने विभिन्न हिमशृङ्खलाको मनोमोहक दृष्य अवलोकन गर्न पाइने भएकाले भैरवकुण्ड पर्यटकको रोजाइमा परेको काठमाडौँ हाइकिङ ग्रुपका संयोजक अनिरुद्र आचार्यले बताए ।

अहिले हिउँदको समयमा सवारीसाधनमा डाँकलाङ, लिस्ति हुँदै चोकरमोकरसम्म पुग्न सकिन्छ । भैरवकुण्ड जाने बाटैमा पर्ने प्रसिद्ध लिस्तिमाइको दर्शन गर्दै जाने पर्यटकको सङ्ख्या बढेपछि अहिले यहाँका होटल व्यवसायी, यातायात व्यवसायीदेखि स्थानीय खुसी छन् ।

सवारी चालक विशाल माझी पर्यटक बढेपछि आफ्नोलगायत होटलको आम्दानी बढेको बताउँछन। सडक सुधार गर्नसके अझै पर्यटक बढ्ने उनको विश्वास छ । सिन्धुपाल्चोकमा एक सयभन्दा धेरै कुण्ड तथा ताल रहेका छन् । काठमाडौंबाट नजिकै भएकाले पनि यहाँ रहेका धार्मिक तथा पर्यटकीयस्थलमा पर्यटक पुग्ने गरेका हुन्छन् । धार्मिक, आध्यात्मिक र प्राकृतिक हिसाबले रमणीय तथा सुन्दर भैरवकुण्ड पर्यटकको मनोकाङ्क्षा पूरा गर्ने उत्कृष्ट गन्तव्य बनेको सगरमाथा आरोही माया गुरुङको भनाइ छ ।

सिन्धुपाल्चोक पर्यटनको प्रशस्तै सम्भावना बोकेको जिल्ला हो । यहाँका अधिकांश स्थानीय तहले पर्यटन, कृषि, उद्योग र जलाधारलाई मूल नारा बनाएर काम गरिरहेका पाइन्छ । पर्यटन प्रवद्र्धनमार्फत स्थानीयको आयस्तर उकास्नका लागि टेवा पुग्ने सरोकारवालाको भनाइ छ । रासस


Read Previous

नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने

Read Next

रानीमहल र श्रीनगरबाट ४५ लाख राजस्व सङ्कलन

Leave a Reply

Your email address will not be published.