Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

भूक्षय नियन्त्रणका लागि कञ्चनपुर र कैलालीका चार नदीमा तटबन्ध निर्माण हुँदै


कञ्चनपुर । जनताको तटबन्ध कार्यक्रमअन्तर्गत कञ्चनपुर र कैलालीका चार नदीमा तटबन्ध निर्माण भइरहेको छ। नदी तथा खोला नियन्त्रणका लागि कञ्चनपुरको महेन्द्रनगरमा स्थापना गरिएको जनताको तटबन्ध फिल्ड ७ नं कार्यालयले यहाँको महाकाली, दोदा, मोहना र कैलालीको खुटिया नदीमा तटबन्ध निर्माणको काम गरिरहेको हो।

उक्त कार्यालयका प्रमुख श्रीप्रसाद साहले चार वटै नदीको विभिन्न स्थानमा नदी कटान नियन्त्रण गर्ने उद्देश्यले गत भदौदेखि तटबन्ध निर्माण द्रुत गतिमा भइरहेको जानकारी दिए। उनका अनुसार दोधारा चादँनी नगरपालिकातर्फ महाकाली नदीमा तटबन्ध निर्माण भइरहेको छ। यहाँ करिब दुई किलोमिटर तटबन्ध निर्माणका लागि सात करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

सो तटबन्ध निर्माण गत असोजदेखि शंकर–जोशी जेभीले गरिरहेको र दुई वर्षभित्र गरिसक्ने उक्त कार्यालयले जनाएको छ। त्यसैगरी यहाँको सबैभन्दा बढी कटान समस्या रहेको दोदा नदीको तटबन्ध पनि नियमितरूपमा हुँदै आएको छ। दोदा नदीको कटानले सबैभन्दा बढी लालझाडी गाउँपालिकाका नागरिक समस्यामा परेका छन्। उक्त गाउँपालिका–२ र ५ मा एक किलोमिटर तटबन्ध निर्माणाधीन अवस्थामा छ। उक्त तटबन्ध निर्माणका लागि तीन करोड १२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।

केही समय बस्ती जोगाउन दोदा नदीको तटीय क्षेत्रमा जैविक तटबन्ध निर्माणमा जुटेका लालझाडी गाउँपालिका–२ का वासिन्दाले अहिले बगरमा मसला रोपेका छन् ।

स्थानीय रामदल रानाले चार बिघा जमिन दोदाले बगाएपछि आफ्नो परिवारलाई जीविका चलाउन समस्या भएको गुनासो गरे। ‘सानो बजेटले दोदाको तटबन्ध निर्माण सम्भव नै देखिँदैन।’ उनले भने, ‘केन्द्र सरकारको बजेटमा नपरेसम्म दोदाको तटबन्ध निर्माण असम्वभ जस्तै छ।’

उक्त कार्यालयका अनुसार कृष्णपुुर नगरपालिकाअन्तर्गत मोहना नदी र कैलालीको खुटिया, धनगढीको चटपकपुरलगायत स्थानमा गत वर्षदेखि एशियाली विकास बैंकको कार्यक्रमअन्तर्गत तटबन्ध निर्माण भइरहेको छ।


Read Previous

प्रदेश सञ्चार ऐन छिट्टै आउँछ : मुख्यमन्त्री कार्की

Read Next

ठेकेदारको लापरबाहीका कारण ३ वर्षमा १४ प्रतिशत मात्र कालोपत्र

Leave a Reply

Your email address will not be published.