Nepal Purbadhar

आइतवार, चैत्र १२, २०७९
Sunday, March 26, 2023

आइतवार, चैत्र १२, २०७९
Sunday, March 26, 2023

हिउँ पन्छाएपछि जुम्ला विमानस्थलमा सुरु भयो हवाई सेवा


जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीमा मंगलबारबारदेखि परेको हिमपातका कारण बन्द भएको हवाई सेवा आजदेखि फेरि सुरु भएको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ हटाएपछि नेपालगञ्जबाट तारा र समिटले जुम्लाका लागि उडान गरेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिए।

दुई दिन परेको हिउँले विमानस्थलको धावनमार्गमा हिउँ जमेपछि हवाई सेवा ठप्प भएको थियो। निमित्त कार्यालय प्रमुख श्रेष्ठले भने, ‘आजका लागि दुई वटा मात्रै उडान भएको छ।’ विमानस्थलभित्रको धावनमार्गमा जमेको हिउँ फालेपछि जुम्लाका लागि हवाई सेवा सञ्चालनमा आएको नेपाली सेना नन्दबक्स गण जुम्लाका गणपति रवीन थापाले बताए।

हवाई सेवा बन्द हुँदा नेपालगञ्जबाट जुम्ला आउने यात्रु अलपत्रमा परेका थिए। कर्णाली राजमार्गको राचुलीमा पहिरो गएपछि सडक बन्द हुँदा जहाजबाट आउने जानेको चाप बढेको छ।


Read Previous

भन्सार विभागका निर्देशक मैनालीलाई चेम्बरको सम्मान

Read Next

रुकुमपूर्वमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

Leave a Reply

Your email address will not be published.