Nepal Purbadhar

अरुण भ्याली हाइड्रोपावरले बोलायो २५ औँ साधारणसभा


काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २७ गते आयोजना गर्ने निर्णय गरेको हो। काठमाण्डौँको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा बिहान ११ बजेबाट सभा सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल ८.४२१ प्रतिशत लााभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशत बोनस सेयर र ०.४२१ नगद लाभांश (कर प्रयोजनार्थ) छन्।

बोनस सेयर वितरणपछि कम्पनीको जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभाले कम्पनीले निर्माण गर्न लागेको बुदुम खोला जलविद्युत आयोजना (१४.५० मेगावाट) का लागि ऋण स्वीकृत गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी स्वीकृत गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Facebook Comments

Read Previous

ढुंगा, गिट्टी,बालुवा अभावले देशभरका पूर्वाधार परियोजनाको काम ठप्प

Read Next

अप्पर तामाकोसीको प्रमुख कार्यकारी अधिकृतमा मोहन गौतम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar