Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

अप्पर तामाकोसीको प्रमुख कार्यकारी अधिकृतमा मोहन गौतम


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मोहन गौतमलाई अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । प्राधिकरण सञ्चालक समितिको गत पुस १२ गतेको बैठकले निर्णय गरी विज्ञानप्रसाद श्रेष्ठको कार्यावधि पूरा भई रिक्त रहेको उक्त स्थानको पदपूर्ति गर्न गौतमलाई तामाकोसीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

कम्पनीले प्रवर्द्धन गरेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको अध्ययन तथा ‘सिभिल वर्क्स कन्ट्र्याक्ट म्यानेजर’ को जिम्मेवारीमा रही पहिले पनि काम गरेका गौतमलाई अहिले फेरि कार्यकारी प्रमुख जिम्मेवारी दिइएको हो । गौतमले मंगलबार पदभार ग्रहण गरी कार्यालयमा हाजिर गरेका छन् । कम्पनीको सञ्चालक समितिबाट भने गौतमलाई प्रमुख कार्यकारी अधिकृत बनाउनेबारे निर्णय हुन बाँकी छ ।

उनले यसअघि माथिल्लो तामाकोसीमा सिभिल वर्क्स कन्ट्र्याक्ट म्यानेजर भई २०६४ देखि २०२ साल (सन् २००८ देखि सन् २०१५ ) सम्म गरी करिब ६ वर्ष ११ महिना काम गरेका थिए । उनी यो अवधिमा आयोजनाको सिभिलतर्फको ठेक्का सम्झौताका लागि कागजात तयार गर्नेदेखि ठेक्का आह्वान गर्ने प्रक्रियामा सहभागी भए ।

योभन्दा अघि पनि २०६० सालमा खुल्ला प्रतिश्पर्धाबाट विद्युत प्राधिकरणमा ७ तहमा नाम निस्किएपछि सिभिल इन्जिनियरकोरूपमा उनी माथिल्लो तामाकोसी आयोजनाको अध्ययन कार्यका लागि काजमा खटिएका थिए ।

तामाकोसीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा आउनुअघि उनी त्रिशूली जलविद्युत कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा थिए । यो कम्पनीले प्रवर्द्धन गरेको ३७ मेगावाटको त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजना निर्माणाधीन छ ।

२०७३ साल साउनमा त्रिशूली गएका उनले त्यहाँ रहँदा त्रिशूली–३ ‘बी काे डिजाइन तयार पार्नेदेखि ‘विडिङ डकुमेन्ट’ तयार गर्ने तथा ठेक्का आह्वान गर्नेसम्मको सम्पूर्ण कार्य सम्पन्न गरी आयोजनालाई निर्माणको चरणमा पुर्याए । अहिले आयोजनाको ६५ प्रतिशत निर्माण सकिएपछि उनी त्यहाँबाट तामाकोसीमा सरुवा भएका हुन् ।

विद्युत प्राधिकरणमा स्वच्छ छवि बनाएका गौतमले मस्को स्टेट अटोमोबाइल एण्ड रोड टेक्निकल इन्स्टिच्युटबाट सिभिल इन्जिनियरिङ गरेका छन् । अध्ययन पूरा गरेपछि उनले पहिलो पटक बुटवल पावर कम्पनी (बिपिसी) बाट आफ्नो इन्जिनियरिङ करियरको सुरुवात गरेका थिए ।

बिपिसीमा रहँदा उनले नर्वेजियन लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्ती जलविद्युत आयोजनासँग जोडिएर काम गरे । बिपिसीमा सिनियर इन्जिनियरकोरूपमा ५ वर्ष १ महिना (सन् १९९८–२००३) काम गरेपछि मात्रै उनले विद्युत प्राधिकरणमा खुल्ला प्रतिश्पर्धामार्फत छनोट भई ७ तहबाट सेवा सुरु गरेका थिए ।

२०६० सालमा प्राधिकरणमा ७ तहमा नाम निकालेका गौतम त्यसको एक वर्षमै २०६१ सालमा पुनः ८ तह नाम निकाल्न सफल भए । ९ तहमा पनि उनले खुल्ला प्रतिश्पर्धाबाटै नाम निकाएका थिए ।

उनले दूधकोसी जलाशय जलविद्युत आयोजनामा पनि आयोजना प्रमुख भई काम गरेका छन् । २०७२ मा दूधकोसीमा सरुवा भएका उनले त्यहाँ रहँदा आयोजनाका लागि विदेशी परामर्शदाता नियुक्त गर्ने कार्यमा संलग्न भएका थिए । उनी दूधकोसीमा रहँदा छनोट भएको परामर्शदाताले नै अहिले काम गरिरहेको छ ।


Read Previous

अरुण भ्याली हाइड्रोपावरले बोलायो २५ औँ साधारणसभा

Read Next

दार्चुलाको ग्रामीण क्षेत्रका बस्तीमा खानेपानीको समस्या

Leave a Reply

Your email address will not be published.