Nepal Purbadhar

ग्लोबल आईएमई बैंकको कारोबार सुरु, प्रधानमन्त्रीबाट शुभारम्भ


काठमाडौं । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डुको एकीकृत कारोबार सोमबारदेखि सुरु भएको छ। मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेसँगे प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान एक कार्यक्रमबीच कारोबारको शुभारम्भ गरेका हुन्।

दुवै बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपछि बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सम्पूर्ण वित्तीय कारोबार एकीकृत कारोबार सोमबारदेखि ‘ग्लोबल आईएमई बैंक लिमिटेड’का नामबाट सुरु भएको हो।

ग्लोबल आईएमई बैंकले बैंक अफ काठमान्डुलाई मर्ज गरेपछि मुलुककै ठूलो बैंक बनेको बैंकले जनाएको छ। मर्जरपश्चात् बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ चुक्ता पुँजी ३५.७७ अर्ब रुपैयाँ, कुल निक्षेप चार खर्ब, कुल कर्जा तीन खर्ब ७९ अर्ब रुपैयाँभन्दाबढी भएको बैंकले जनाएको छ ।

ग्लोबल आईएमई बैंकमा योसहित पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा छ वटा फाइनान्स कम्पनी समाहित भइसकेका छन्।

Facebook Comments

Read Previous

कालंका बेसिनको ६४ मेगावाट विद्युत प्रवाह हुने प्रसारण लाइन परीक्षण हुँदै

Read Next

लप्सीफेदीबासीकाे जायज माग पूरा गर्छाैं, सबस्टेसन र प्रसारण लाइनको रुट सार्न सकिँदैनः विद्युत प्राधिकरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar