Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
२०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

सिंहदरबार परिसरभित्र उच्च क्षमताका चार्जिङ स्टेसन निर्माण गरिने  


काठमाडाैं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र विद्युतीय गाडी चार्ज गर्न उच्च क्षमताको चार्जिङ स्टेसन निर्माण हुने भएको छ । सिंहदरबार परिसरभित्रका सरकारी कार्यालयहरूमा विद्युतीय गाडीकाे संख्या थपिँदै गएकाले सहजरूपमा चार्जिङकाे सेवा उपलब्ध गराउन उच्च क्षमताकाे चार्जिङ स्टेसन निर्माण गर्न लागिएकाे हाे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको ‘इनर्जी डेभलपमेन्ट डिकेड एक्सन प्लान प्रोजेक्ट’ले उच्च क्षमताकाे विद्युतीय गाडी चार्ज गर्ने चार्जिङ स्टेसन निर्माण गर्न लागेकाे आयोजना हेर्दै आएका सिनियर डिभिजनल इञ्जिनियर शालिकराम भण्डारीले जानकारी दिए । उनका अनुसार सिंहदरबारभित्र विद्युतीय गाडी चार्जिङकाे समस्याकाे दीर्घकालीन समाधानका लागि ३० किलोवाट क्षमताका  ५ वटा डिसी चार्जिङ स्टेसनमा  निर्माण हुनेछन् ।

मुलुकै प्रमुख निकाय भएपनि सिंहदरबार परिसरभित्र विद्युतीय सवारी साधन चार्ज गर्नका लागि उच्च क्षमताको चार्जिङ स्टेसन थिएन । भएकाे चार्जिङ स्टेसन कम क्षमताकाे हुँदा विद्युतीय सवारी साधन चार्ज गर्न समस्या हुने गरेकाे थियाे ।

मन्त्रालय र आसपासका स्थानमा ती चार्जिङ स्टेसन निर्माण हुने भण्डारीले बताए । पछिल्ला दिनमा विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि भएपनि चार्जिङ स्टेसन निर्माणको क्रमले अपेक्षित गति लिन सकेको छैन ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको चार्जिङ स्टेशन पनि अधिकांश अन्तिम चरणमा पुगेका छन् । कूल ५१ वटा त्यस्ता स्टेशन प्राधिकरणले निर्माण गरेको हो । त्यसमा १२ वटा सञ्चालनमा आएको र ३२ वटाको जडान सम्पन्न भएको छ । सिंहदरबारभित्रै द्रूत गतिको स्टेशन निर्माण भएपछि विद्युतीय सवारी साधनको प्रयोगमा थप अभिवृद्धि हुने भण्डारीले जानकारी दिए ।

मन्त्रालयले चार्जिङ स्टेसन निर्माणका लागि आइतबार  बोलपत्र आह्वान गरी प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । चार्जिङ स्टेसन निर्माणका लागि निजी वा सार्वजनिक संस्थाले आवेदन दिन पाउने छन् ।


Read Previous

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको तोकियो मापदण्ड

Read Next

रसुवा र नुवाकोटमा उत्पादन हुने विद्युत प्रवाह हुने चिलिमे-त्रिशूली प्रसारण लाइनको निर्माण तीव्र

Leave a Reply

Your email address will not be published.