Nepal Purbadhar

जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको अध्यक्षमा गुरुङ


काठमाडौं । जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल (विक्यान) को अध्यक्षमा कुशल गुरुङ चयन भएका छन् । विक्यानको १२औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिमा  गुरुङ अध्यक्ष चयन भएका हुन् ।

साधारणसभाबाट उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा सन्जीव पोखरेल, महासचिवमा जगन्नथान आम्मई, र कोषध्याक्षमा रञ्जना तिवारी निर्वाचित भएका छन् ।

यस्तै, विक्यानकाे कार्यसमिति सदस्यहरूमा विन्दु मानन्धर, शोभाना मर्हजन, श्रीराम देवकोटा, कमल तिम्सिना र ओमकृष्ण महर्जन चयन भएका छन् । विक्यानले जल तथा ऊर्जाकाे क्षेत्रमा काम गर्दै आएको छ ।


Read Previous

कालीगण्डकी नदीकाे कटान नियन्त्रण गर्न पक्की पर्खाल निर्माण गरिँदै

Read Next

६ वर्षमा ३५ हजार मात्रै इम्बोस्ड नम्बर प्लेट जडान