Nepal Purbadhar

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

कर्मचारीलाई शहरी विकास मन्त्रीको प्रश्न–‘काममा ढिलाई गर्दा कमिसन बढ्छ ?’


काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणाधीन सरकारी संरचनामा भइरहेको ढिलाईप्रति असंतुष्टि जनाएका छन् ।

मन्त्रालय सम्हाले लगत्तै उपत्यकाभित्र निर्माणाधीन ठूला संरचनाको एकसरो अनुगमन गरेका मन्त्री चौधरीले पुनः ती संंरचनाको अनुगमण सुरु गरेका छन् ।

शनिबार भैंसेपाटीमा निर्माणाधीन संघीय मन्त्री, सभामुख, मूख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरुको स्थलगत निरिक्षण लगत्तै मन्त्री चौधरीले सरोकारवाला विभाग, ठेकेदार कम्पनीसँग छलफल गरेका छन् ।

मन्त्रीले ‘काममा किन ढिलाई भइरहेको छ ? ५ महिनापछि आउँदा पनि अवस्था किन उस्तै छ ? ढिलाई गर्दा कमिसन बढ्छ ?’ भनेर प्रश्न गरेका थिए । मन्त्रीको प्रश्न सुनेर मुखामखु गरेका कर्मचारीले कोभिडका कारण ढिलाई भएको बताए ।

‘कोभिड त सकिएन र ?’ लगत्तै मन्त्रीले प्रश्न गरे । ‘स्थानीयले दुःख दिँदा काम गर्न सकिएन हजुर ।’ भनेर कर्मचारीले जवाफ दिए । अन्तिममा मन्त्रीले ‘के उपाय गरेर हुन्छ, काम छिटो सक्नुस् । मैले के गर्नु पर्याे मलाई भन्नुस् ।’ भने ।

त्यसपछि शहरी मन्त्री चौधरी नारायणहिटी राजदरबार परिसरभित्र रहेको गणतन्त्र स्मारकको निरिक्षण गरे । त्यहाँ पनि सोचे अनुरुप प्रगति नदेखेपछि मन्त्री चौधरी थप असंतुष्ट बनेका छन् ।

सरोकारवाला पक्षलाई उनले छलफलका लागि आज (आइतबार) मन्त्रालयमा छलफल गर्दैछन् ।


Read Previous

महिला हिंसाविरुद्धको सचेतनामा वर्ल्डलिंकको ‘पोडकाष्ट’ अभियान

Read Next

नलगाड जलविद्युत् आयोजनाकाे लागि सहयाेगी ताक्सुगाडको डिपिआर अन्तिम चरणमा

Leave a Reply

Your email address will not be published.