Nepal Purbadhar

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा    प्रतिकूल मौसमले ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित    दैलेखका ४ गाउँपालिकाका ७ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

म्याग्दीमा निर्माणाधीन २० ठूला विकास योजना अलपत्र


म्याग्दी । म्याग्दीमा निर्माणाधीन २० ठूला विकास निर्माणका योजना अलपत्र परेका छन् । सङ्घीय र प्रदेश सरकारका यी योजनामा सडक, मोटरेबल पुल, भवन लगायतका योजना छन् ।

म्याग्दीमा गण्डकी प्रदेश सरकारका ११ र सङ्घीय सरकारका नौ सडक र मोटरेबल पुलसम्बन्धी योजना अलपत्र परेका हुन् । त्यसमा पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गतका छ सडक र पाँच मोटरेबल पुल छन् ।

यसैगरी १५ वटा खानेपानी, बेनी अस्पतालको ५० शय्याको भवन निर्माण छ । बेनी–जोमसोम, बेनी–दरवाङ, गलेश्वर, भगवती, पोखरेवगर–भगवती, दरवाङ–ताकमधारापानी बेनी–बागलुङ, बेनी बालढुङ्गालगायत सडक पटक–पटक म्याद थप गर्दा पनि निर्माण व्यवसायीले निर्माण कार्यमा ढिलासुस्ती गर्दा समस्या भएको छ ।

म्याग्दीका नवनिर्वाचित प्रतिनिधि र प्रदेशसभाका सदस्यले जिल्लाका अधुरा र अलपत्र योजनालाई छ महिनाभित्र पूर्णता दिन तत्कालै पहल थाल्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) ले जिल्लामा रोकिएका विकास निर्माणका योजनालाई तत्काल अघि बढाउने प्रतिबद्धता जनाए ।

३ वर्षदेखि म्याग्दीको रघुगङ्गा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवती कालोपत्र सडक योजना अलपत्र छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजना निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले समयमै पुरा गर्न नसकेको हो ।

आयोजनाको थप समयमा निर्माण कम्पनीले काम सुरु नगरेपछि रघुगङ्गा गाउँपालिका–२ र ३ वडाका जनप्रतिनिधिले पूर्वाधार विकास कार्यालय पुगेर ध्यानाकर्षणपत्र बुझाएका छन् ।

वडाध्यक्षद्वय अमृत भण्डारी र खिमबहादुर शाहीले सडक कालोपत्र गर्ने काम छिटो अघि बढाउन माग गर्दै कार्यालय प्रमुख गुरुदत्त अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । ध्यानाकर्षणपत्रमा निर्माण कम्पनीको लापरबाहीले कालोपत्र गर्ने सडक योजना अलपत्र पर्ने खतरा बढेका कारण समन्वय गरेर काम अघि बढाउन उल्लेख गरेका छन् ।

प्रमुख अधिकारीले पिप्लेदेखि भगवतीसम्मको सडक कालोपत्रकोे काम तत्काल अगाडि बढाउन निर्माण कम्पनीलाई निर्देशन गरिएको बताए । ‘निर्माण कम्पनीलाई कार्यक्षेत्रमा खटिन हामीले पटकपटक पत्र काटेका छौँ, यही महिनाको अन्तिमबाट काम सुरु हुन्छ’, अधिकारीले भने ।

पिप्लेदेखि भगवती जोड्ने सडक कालोपत्र गर्न निर्माण कम्पनीले सडकलाई फराकिलो बनाउने, ग्रेड मिलाउने, नाली निर्माण गर्ने लगायतका काम गरेर छोडेको थियो ।

भ्याटसहित रु १८ करोड ४१ लाख आठ सय ३८ मा ठेक्का सम्झौता भएको यस योजनामा आठ किलोमिटर सडक आठ मिटर फराकिलो बनाउने र ५.५ मिटर कालोपत्र गर्नुपर्ने उल्लेख छ । प्रदेशका अन्य योजनालाई तत्काल काम अघि बढाउन निर्माण कम्पनीलाई ताकेता गरिरहेको पूर्वाधार कार्यालयले जनाएको छ ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको बेनीदेखि पर्वतको मालढुङ्गासम्मको १३ किलोमिटर लामो बेनी–मालढुङ्गा सडक आयोजनाको काम अघि बढ्न सकेको छैन । निर्माण कम्पनीले बीचैमा काम छाडेपछि स्तरोन्नतिको चरणमा रहेको यो खण्डको काम अघि नबढेको हो । निर्माण व्यवसायी चार महिनादेखि कार्यस्थलबाट बाहिरिएको छ । यो सडकमा १३ किलोमिटर दूरी पार गर्न सवारीसाधनलाई डेढ घण्टा समय लाग्छ । रासस


Read Previous

उपत्यकामा वाटर एटिएमको प्रयोग बढ्दो

Read Next

भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

Leave a Reply

Your email address will not be published.