Nepal Purbadhar

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

मेलम्चीको पानी सुरुङमा पठाउन शुरु, केही दिनमै उपभोक्तालाई वितरणको लागि उपलब्ध हुने


काठमाडौं । मेलम्ची नदीको पानी पुनः काठमाडौं पथान्तरणको लागि सुरूङ भर्ने कार्य सोमबार (१२ मंसिर) देखि शुरु गरिएको छ ।

अवको केही दिनमा मेलम्चीको पानी काठमाडौंको थोक वितरण प्रणालीमा पठाइने मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ । ‘तत्कालको लागि अस्थायी रूपमा सुरुङमा पानी पठाउन थालिएको छ’ समितिका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तले भने ।

कुल २६ किलोमिटर सुरुङ भरिएपछि सुन्दरीजलमा पानी खस्नेछ र उपभोक्तालाई वितरणका लागि उपलब्ध हुने छ । यसअघि कात्तिक अन्तिम हप्तादेखि वर्षाका कारण अवरुद्ध मेलम्चीको पानी काठमाडौं पठाउनका लागि काम सुरु गरिएको थियो ।

वर्षायाममा क्षति हुनसक्ने भन्दै गत जेठमा बन्द गरिएको सुरुङ हालसम्म सञ्चालन आएको थिएन । यस वर्ष सुरुङमा खासै क्षति नभए पनि आयोजना स्थलसम्म पुग्ने सडक अधिकांश बिग्रिएको थियो । सडक निर्माणको काम सम्पन्न भइसकेको छ ।

यसअघि आयोजनाको टोली मुहान मर्मत र आवश्यक उपकरणसहितको खोला डाइभर्टलगायत काम गरिरहेको थियो । २०७८ असार १ को बाढीले आयोजनाको बाँध र हेडवक्र्समा क्षति पुर्याएपछि मर्मत गरी २०७९ वैशाख ११ गतेदेखि जेठ तस्रो सातासम्म पानी लगिएको थियो ।

२०७८ असार १ गते सुपरीवेक्षण गर्नका लागि भन्दै सुरुङ बन्द गरेकै दिनमा ठूलो बाढी आएर मेलम्चीको हेडवक्र्स क्षेत्रमा क्षति पुगेको थियो । गेग्रान हटाउने कार्य चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो पावरले गरिरहेको छ ।


Read Previous

मधेश प्रदेशमा विद्युत प्रसारण सञ्ञ्जाल बनाउँदै प्राधिकरण,५० अर्ब बढी लगानी आवश्यक

Read Next

एमसीसी अनुदानकाे प्रसारण लाइन परियोजना कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय ठेक्का आह्वान