Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

मधेश प्रदेशमा विद्युत प्रसारण सञ्ञ्जाल बनाउँदै प्राधिकरण,५० अर्ब बढी लगानी आवश्यक


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतकाे आन्तरिक बजार विस्तार गरी खपत बढाउन मधेश प्रदेशमा करिब ४ हजार मेगावाट विद्युत प्रवाह गर्न सकिने प्रसारण सञ्चालन बनाउने भएको छ । प्राधिकरणले सन् २०५० सम्मकाे लक्ष्य निर्धारण गरी मधेश प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लामा प्रसारण सञ्जाल विस्तार गर्न लागेकाे हाे ।

विशेष गरी प्रदेशकाे दक्षिणी भेगकाे मानवबस्ती र आद्योगिक क्षेत्र विस्तारलाई ध्यानमा राखी उच्च क्षमताको प्रसारण लाइन करिडोर निर्माण गर्ने प्राधिकरणकाे याेजना छ । याेजनाअनुसार भारतसँगको दक्षिणी सीमास्थित हुलाकी राजमार्गको समानान्तर ४०० केभीको चार सर्किट प्रसारण लाइन र सबस्टेसनहरू निर्माण गरिने छन् ।

चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट ४०० केभी र तल्लो दुई सर्किट १३२ केभी क्षमतामा सञ्चालनमा ल्याउने गरी प्रसारण लाइन करिडोरको निर्माण गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार स्थानीय रूपमा विद्युत आपूर्तिका लागि ठाउँ–ठाउँमा सबस्टेसनहरुको निर्माण गरिने छ ।

अहिले प्रस्तावित प्रसारण लाइनको रुट र सबस्टेसनहरू रहने स्थान तय गर्ने काम भइरहेको छ । बारा-पर्सा औद्योगिक करिडोर अन्तर्गत वीरगञ्ज क्षेत्रमा करिब ३२ सय मेगावाट र जनकपुर क्षेत्रमा ८ सय मेगावाट विद्युत खपत गर्ने गरी प्रसारण सञ्जाल पूर्वाधार निर्माण गरिने घिसिङले बताए ।

विद्युतीय पूर्वाधार निर्माण हुँदा प्रदेशकाे सहरी क्षेत्र  र औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको मधेश प्रदेशका जिल्लामा पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न सकिने प्राधिकरणले जनाएकाे छ ।

याे प्रदेशका विभिन्न जिल्लामा प्रसारण लाइन तथा सबस्टेसनहरू निर्माणका लागि ५० अर्ब रुपैयाँभन्दा बढी लगानी लाग्नेछ । यो रकम नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी, भारतीय एक्जिम बैंक, एसियाली विकास बैंकलगायतको सहुलितपूर्ण ऋणबाट जुटाइने घिसिङले बताए ।

कार्यकारी निर्देशक घिसिङ, परामर्शदातालगायत सम्मिलित उच्चस्तरीय टोलीले गत शनिबार र आइतबार प्रस्तावित लाइन निर्माण स्थलको स्थलगत अनुगमन भ्रमण गरी ४०० र १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि सम्भावित ठाउँ,विद्युत माग तथा खपतको अवस्था लगायतका विषयमा जानकारी लिएको छ ।

घिसिङले आन्तरिक विद्युत खपत बढाउन र बढी भएकाे विद्युत भारतर्फ निर्यातका लागि दक्षिण काेरिडोर प्रसारण लाइन चरणबद्ध रूपमा निर्माण गर्न लागिएको बताए । ‘पहिलो चरणमा विद्युत खपत वृद्धिका लागि तत्काल आवश्यक पर्ने प्रसारण लाइन र सबस्टेसनहरूकाे निर्माण प्राधिकरणले गर्नेछ । दोस्रो चरणमा दक्षिण काेरिडोरमा मुख्य लाइन र तेस्रो चरणमा अन्तरदेशीय विद्युत व्यापारका लागि क्रसबोर्डर प्रसारण लाइन निर्माण गरिने छन्’, उनले भने, ‘केही प्रसारण लाइन तथा सबस्टेसनहरू निर्माण भइरहेका छन् । केही तत्काल सुरु हुँदैछन् ।’

उनले अन्य सबस्टेसनका लागि जग्गा लिने, प्रसारण लाइनको रुट तय गर्ने, वातावरणीय अध्ययनका लागि प्रक्रिया सुरु गर्नेलगायतका काम भइरहेकाे जानकारी दिए । उनले यस क्षेत्रमा प्रसारण सञ्जाल बनेपछि भारतको बिहार राज्यका मोतिहारी, सीतामणि, जयनगरलगायत नाकाबाट विद्युत निर्यात गर्न सकिने बताए ।

बारा–पर्सा औद्योगिक काेरिडोरमा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी पर्साको पोखरिया र बाराको निजगढमा ४०० केभी सबस्टेसन निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको  उनले बताए । त्यही ४०० केभी लाइनलाई हुलाकी राजमार्गको समानान्तर रूपमा जनकपुरतिर विस्तार गरिने छ । बाराकाे प्रसौनीमा १३२ केभी सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणको गरिएको छ ।

जनकपुर क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय बनाउन धनुषाको ढल्केबरबाट महोत्तरीको लोहरपट्टीसम्म १३२ केभी सबस्टेसन निर्माण भइरहेको छ । लोहरपट्टीमा १३२ केभी सबस्टेसन निर्माणाधीन छ । यसैगरी ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन पनि निर्माणाधीन छ ।


Read Previous

समयमै भेरी करिडोरका पुल नबन्दा ढुवानी महंगाे, आवतजावतमा सास्ती

Read Next

मेलम्चीको पानी सुरुङमा पठाउन शुरु, केही दिनमै उपभोक्तालाई वितरणको लागि उपलब्ध हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *