Nepal Purbadhar

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

ईफाप्काको ४५ औं सम्मेलन माल्दिभ्स्को राजधानी मालेमा शुरु


एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का) को ४५ औं सम्मेलन माल्दिभ्स्को राजधानी मालेमा शुरु भएको छ ।

‘संरक्षण सहित निर्माण—अझ सम्मुन्नत विश्व निर्माण गरौं’ भन्ने नारा सहित शुरु भएको सम्मेलनमा ईफाप्कामा आबद्ध १९ मुलुकका निर्माण व्यवसायी आबद्ध छन् ।

सम्मेलनलाई नेपाली प्रतिनिमिण्डलको तर्फबाट सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले गोर्खा भूकम्प र कोभिड—१९ का कारण जोखिममा परेको नेपाली निर्माण उद्योगले विस्तारै गति लिइरहेको जानकारी दिए ।

अध्यक्ष सिंहले विभिन्न चुनौतिका बाबजुद नेपाली निर्माण उद्योगले गति लिइरहेको बताए । नेपालमा ९ सय मेगावाटका अरुण दोस्रो र अपर कर्णाली जस्ता जलविद्युत परियोजना, २ हजार ६८० मिटर लामो सुरुङ मार्ग जस्ता महत्वपूर्ण परियोजना निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष सिंहले जानकारी दिए ।

नेपालले सन् २०३० सम्ममा मध्यम आय भएको राष्ट्रको रुपमा स्तरोन्नति भई दिगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य लिएको प्रष्ट पारे । मौसम परिवर्तनको असर सामना गर्ने नेपाल पनि एक प्रमुख राष्ट्र भएको प्रसङ्ग उल्लेख उनले सिंहले हरित पूर्वाधारको विकासलाई नेपालले प्राथमिता दिएको जानकारी गराए ।

पूर्वाधार विकास मार्फत्को आर्थिक विकास प्रक्रियाप्रति नेपालका राजनीतिक दलहरूको बलियो प्रतिबद्धता रहेको र सोही अनुसार ऐन नियम तर्जुमा भइरहेको उनको भनाइ थियो ।

रुस—युक्रेन युद्ध बाहेक जग्गा प्राप्तिमा हुने झमेला, साइट क्लियरेन्सको समस्या, निर्माण सामाग्रीको अभाव, मूलयवृद्धि, दक्ष तथा प्राविधकि जनशक्तिको अभाव लगायतका आन्तरिक समस्या नेपाली निर्माण उद्योगले सामना गर्नु परिरहेको बताए । नेपालमा हाल १७ हजार भन्दा बढी निर्माण कम्पनी दर्ता भइसकेको र १५ लाख भन्दा बढी यस उद्योगमा आबद्ध रहेको तथ्याङ्क प्रस्तुत गरे ।

४६ औं ईफाप्का सम्मेलन अबको १२ देखि १८ महिना भित्रमा दिगो पूर्वाधारमा साझेदारी भन्ने नारा सहित काठमाडौंमा आयोजना हुने जानकारी पनि उनले गराए । ४५ औं सम्मेलनको समाप्तिसँगै महासंघका अध्यक्ष सिंह नै ईफाप्काको अध्यक्ष समेत हुदैछन ।

ईफाप्का महासचिवको जिम्मेवारी भने महासंघका सल्लाहकार विरेन्द्र पाण्डेले सम्हाल्नुहुनेछ । सन् १९५६ मा स्थापना भएको ईफाप्कामा हाल नेपालको तर्फबाट देशभरका निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ आबद्ध रहेको छ ।

नेपालले सन् १९९३ मा ईफाप्काको सदस्यता लिएको हो । ईफाप्काको ३० औं सम्मेलन सन् १९९९ मा नेपालमा भएको थियो ।


Read Previous

पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने   

Read Next

तनहुँ आयोजनाको मुख्य सुरुङ ४२ प्रतिशत खनियो,भूमिगत विद्युतगृहमा ढलानकाे काम चल्दै

Leave a Reply

Your email address will not be published.