Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

सुर्खेत विमानस्थलमा एटिआर जहाजको परीक्षण उडान


काठमाडौं । कर्णाली प्रदेशको राजधानीमा अवस्थित सुर्खेत विमानस्थमा ७२ सिट क्षमताको एटिआर–७२ जहाजले परीक्षण उडान (टेस्ट फ्लाइट) गरिएको छ ।

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत काठमाडौंबाट सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको हो ।

सुर्खेत विमानस्थलमा सफल परीक्षण उडान भएको र उक्त उडानको प्रतिवेदनपश्चात् आगामी जनवरीदेखि नियमित उडान गर्ने बुद्ध एयरका वरिष्ठ कार्यकारी प्रबन्धक परासरजङ्ग पाण्डेले बताए । कम्पनीले अहिले ४७ सिट क्षमताको एटिआर–४२ जहाजमार्फत सुर्खेतमा दैनिक एक उडान गर्दै आएको छ ।

सुर्खेत विमानस्थलमा ठूला जहाजमार्फत हुने उडानले कर्णाली प्रदेशको समग्र पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ । एटिआर जहाजमार्फत काठमाडौँ–सुर्खेत सफल परीक्षण उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले सुर्खेत विमानस्थलमा एटिआर जहाजको उडान हुने बित्तिकै उक्त गन्तव्यको हवाई भाडा सस्तो हुनाका साथै यात्रुलाई सहज हुने बताए ।

हाल काठमाडौँदेखि सुर्खेतसम्मको हवाई भाडा १४ हजार रुपैयाँसम्म रहेको छ । ठूलो जहाजले उडान सञ्चालन गरेपछि उक्त गन्तव्यमा आधाजस्तो भाडा सस्तो हुने प्रवक्ता निरौलाले बताए । ठूला जहाजमार्फत उडान सञ्चालनका लागि सुर्खेत विमानस्थलको क्षमता विस्तार गरिएको प्राधिकरणले जनाएको छ ।

यसअघि कोभिड–१९ महामारी पूर्व निजी क्षेत्रको श्री एयरलाइन्सले सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको थियो । कोभिडका कारण पछि उक्त गन्तव्यमा उडान हुन सकेको थिएन । बजारको अवस्था हेरेर छिट्टै सुर्खेत गन्तव्यमा उडान सञ्चालनको योजना रहेको श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले बताए ।

बुद्ध एयरको नियमित उडानपश्चात् निजी क्षेत्रको यती एयरको एटिआर जहाजले पनि उडान भर्ने प्राधिकरणले जनाएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले परीक्षण उडान सफल भएपश्चात् सुर्खेतमा एटिआर जहाजले उडान गर्ने योजना रहेको जानकारी दिए । यती एयरलाइन्ससँग ६ थान एटिआर जहाज छन् ।

यस्तै श्री एयरलाइन्सले आन्तरिक उडानमा ८० सिट क्षमताको चार ‘ड्यास एट’–८क्यू ४०० एफ र एक सिआरजे जेट विमान गरी कूल ५ जहाजमार्फत उडान गर्दै आएको छ ।

बुद्ध एयरले सन् २०१३ को फेबु्रअरी १ बाट बिचक्राफ्ट १९०० डी (१८ सिट) बाट सुर्खेत उडान सुरु गरेपश्चात् विगत ५ वर्षदेखि एटिआर ४२ (४७) जहाजबाट नियमित उडान सञ्चालन गर्दै आएको छ । सुर्खेत उडान गर्ने यात्रुको मागअनुरुप सिट उपलब्धता न्यून रहेको अवस्थामा एटिआर–७२ मार्फत उडान सञ्चालन आवश्यकता थियो ।

हाल सञ्चालनमा रहेको जहाजको उडान सञ्चालन लागत उच्च रहेकाले यात्रुको सहजताका लागि यात्रुलाई कम भाडादरका साथै थप सिट उपलब्ध गराई सेवा अझ विस्तार गर्ने उद्देश्यले प्राधिकरणको सहयोग र सहकार्यमा एटिआर ७२ विमानमार्फत आज परीक्षण उडान सम्पन्न गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

टेस्ट फ्लाइटको रिपोर्ट उडान अनुकूल रहेको अवस्थामा जनवरी २०२३ बाट एटिआर–७२ विमानमार्फत दैनिक दुई उडान सञ्चालन गर्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ । एटिआर–७२ जहाजमार्फत उडान सञ्चालन गर्दा यात्रुलाई प्रत्यक्ष लाभ महसुस हुने गरी नेपालगञ्ज सेक्टर हाराहारी न्यूनतम भाडादर कायम हुने कम्पनीका वरिष्ठ कार्यकारी प्रबन्धक पाण्डेले बताए ।

बुद्धले थप दुई एटिआर जहाज भित्राउँदै

बुद्ध एयरले थप दुई थान एटिआर–७२ जहाज भित्राउने भएको छ । डिसेम्बर २०२२ भित्रै दुई एटिआर जहाज ल्याउन लागेको हो । ती दुई जहाजमार्फत सुर्खेत विमानस्थमा उडान भर्ने कम्पनीको योजना रहेको छ ।

बुद्ध एयरसँग हाल ७२ सिट क्षमताका ११, ४७ सिट क्षमताका तीन एटिआर–४२ गरी १४ र दुई बिचक्राफ्ट गरी कूल १६ जहाज छन् । बुद्ध एयरले अहिले दुईतर्फी दैनिक एक सय ५० उडानमार्फत ७ हजार ५ सय यात्रुलाई सेवा दिइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिकतर्फ दैनिक दुईतर्फी सरदर ३ सय उडान हुने गरेको छ । एघार हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् ।  (रासस)


Read Previous

अरुण काबेलीमा नयाँ सञ्चालक नियुक्त,१ः१ हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित

Read Next

हेटौँडा सिमेन्ट उद्योग १० वर्षपछि पूर्ण क्षमतामा सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *