Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

अरुण काबेलीमा नयाँ सञ्चालक नियुक्त,१ः१ हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित


काठमाडौं । अरुण काबेली पावर लिमिटेडकाे नयाँ सञ्चालक समिति गठन गरिएको छ । कम्पनीको बुधबार सम्पन्न १२औं साधारण सभाले गुरूप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ सञ्चालक समितिका पदाधिकारी नियुक्त गरेको हो ।

रमेशप्रसाद न्यौपाने, जीवनराज शाक्य, सलिना नेपाल र शास्वत चालिसेलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार साधारणसभाबाट सेयरधनीलाई १०.५२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पनि पारित भएको छ ।

साधारणसभाले प्रस्ताव पारित गरेसँगै अब बोनस सेयर सेयरधनीको खातामा जाने प्रक्रिया सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा विद्युत बिक्री तथा अन्य स्रोतबाट आर्जन गरेको आम्दानीको मुनाफाबाट आफ्ना सेयरधनीलाई बोनस सेयर दिन लागेको हो ।

सेयरधनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश पाउनेछन् । साधारणसभाले कम्पनीको चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ । साधारणसभाबाट प्रस्ताव पारित भएकाले अब हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउने जानकारी कम्पनीले दिएको छ ।

कम्पनीले प्रदेश–१ मा २५ मेगावाटको अरुण काबेली ‘बि-१ जलविद्युत आयोजना निर्माण गरेको छ । ताप्लेजुङ र पाँचथरको सीमाको काबेली नदीमा निर्माण भएको आयोजनाले विद्युत उत्पादन गर्दै आइरहेको छ ।


Read Previous

जयनगर–कुर्था रेल सञ्चालन भाेलीदेखि ४ दिन बन्द हुने

Read Next

सुर्खेत विमानस्थलमा एटिआर जहाजको परीक्षण उडान

Leave a Reply

Your email address will not be published. Required fields are marked *