Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

बेँसीसहर–चामे सडक स्तरोन्नति सुस्त, १७ महिनामा ३० प्रतिशत मात्र काम


बेँसीसहर–चामे सडकको स्तरोन्नति कार्य सुस्त गतिमा भइरहेको छ । बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरदेखि खुदीसम्मको ७ दशमलव ८ किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्नुपर्ने आगामी असार मसान्तभित्र भएपनि हालसम्म ३० प्रतिशत मात्र निर्माण भएको छ ।

डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्जिनियर पुरुपोत्तम अधिकारीका अनुसार दसैँ तिहार र चुनावका कारण कामले तीव्रता लिन नसकेको हो । वर्षायाममा वर्षाले यस सडकको विभिन्न ठाउँमा पहिराले खस्दासमेत काममा अवरोध आउँदा समय लागिरहेको उनको भनाइ छ ।

हिमाली जिल्ला मनाङ र लमजुङ जोड्ने एकमात्र यस सडकको पर्खाल उठाउने, कल्भर्ट बनाउने, चौडा गर्ने, कटिङ गर्ने कार्य सम्पन्न भएको छ । अब नाली बनाउने र केही संचरना निर्माण गर्नेलगायतका काम बाँकी रहेको र यतिबेला ती काम भइरहेको इन्जिनियर अधिकारीले बताए ।

यतिबेलासम्म आधाभन्दा बढी निर्माण कार्य हुनुपर्ने भए पनि अधिकांश काम अझै बाँकी रहेको बताइएको छ । काम सुस्त गतिमा हुँदा निर्धारित समयमा सम्पन्न नहुने होकी भन्ने आशंका स्थानीयले गर्न थालेका छन् ।

स्थानीय श्रमदान र सरकारी निकायबाट सहयोग मागेर लमजुङवासीले २०५१ सालमा यस खण्डअन्तर्गत बेँसीसहरदेखि खुदीसम्म मोटरबाटोको ट्रयाक खोलेको थियो । उक्त खण्डमा स्तरोन्नतिको काम अघि बढ्दा स्थानीय उत्साहित भए पनि कामको गतिले भने निरास बनाएको स्थानीय कृष्णबहादुर आलेले बताए ।

सडक ५ दशमलव ५ मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र सर्वसाधारण हिँड्ने बाटो एक मिटर चौडाइको हुनेछ । बस्ती भएको ठाउँमा भने दुईतर्फी नै नाली बन्ने र बस्ती नभएको ठाउँमा एकतर्फी नाली निर्माण गरिने छ ।

ट्रयाक खोलेको करिब २७ वर्षमा बेँसीसहर–चामे सडक कालोपत्रको काम अघि बढेको छ । पहिलो चरणको उक्त कार्य सम्पन्न भएपश्चात् दोस्रो चरणमा अस्फाल्ट प्रविधिका कालोपत्र गरिने भएको छ । त्यस्तै, तेस्रो चरणमा रोड फर्निचर (पेन्टिङ) गर्ने, क्र्यास बेरियर राख्ने, किलोमिटर पोस्ट राख्ने कार्य हुने उनको भनाइ छ ।

पहिलो चरणको निर्माण कार्य गत असार महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ बढे पनि सम्पन्न भने हालसम्म हुन सकेको छैन । आशिष अनेस्ट चितवनले २०८० असार मसान्तसम्म कालोपत्र गर्ने गरी २०७८ असार मसान्तमा सम्झौता गरेर काम अघि बढाईएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कूल ५२ करोड ९६ लाखको लागत अनुमान गरिएको उक्त सडक २५ करोड ३२ लाख रुपैयाँमा कालोपत्र गर्ने सम्झौता छ । विसं २०७८ असारमा सम्झौता गरे पनि वर्षाका कारण निर्माण भने २०७८ असोजदेखि मात्र सुरु भएको थियो ।

यस सडकको बेँसीसहरदेखि खुदीसम्म अर्थात् करिब साढे ७ किलोमिटर सडकखण्डभित्र पर्ने बेँसीसहर नगरपालिका–६ स्थित तीन सय मिटर लामो खरखरभिरको लागि सो रकमबाहेक टेण्डर आह्वान गरेर २० करोड स्टेमेन्ट गरेकामा करिब १६ करोड रुपैयाँ र सोही नजिकै एक सय २० मिटरको करिब ४ करोडमा पुल तथा बाटो निर्माण हुने उक्त कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार १६ करोड लागत्तको काम खरीढुङ्गा गोल्मेस्वर जेभीले र ४ करोडको काम सानो खरीढुङ्गा निर्माण सेवाले गर्ने भएको छ । बेँसीसहरमा रहेको नेपाली सेनाले २०६९ सालमा पूरा गर्दै डिभिजन सडक कार्यालय दमौली तनहुँलाई यस सडक हस्तान्तरण गरेको थियो ।

अघिल्लो वर्षदेखि उक्त डिभिजन सडक कार्यालय मार्फत डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले यस सडकको काम हेर्दै आएको छ । ६५ किलोमिटर रहेको यस सडक लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर पर्छ ।


Read Previous

जलवायुजन्य हानिनोक्सानीको विषयले कोप–२७ मा पायो औपचारिक प्रवेश, नेपालमा जिडीपीको २ प्रतिशत नोक्सानी

Read Next

उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना चुनावी एजेण्डा मात्रै: स्थानीय

Leave a Reply

Your email address will not be published. Required fields are marked *