Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

७० बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी, साउनभित्र ठेक्का आह्वान, असोजभित्रै सम्झौता गरिसक्नुपर्ने (विस्तृतमा)


काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/८० को लागि ७० बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । मन्त्रालयले जारी गरेको मार्गदर्शनमा साउनभित्र ठेक्का आह्वान गरिसक्नुपर्ने र असोजभित्रै ठेक्का सम्झौता गरिसक्नुपर्ने उल्लेख छ । त्यस्तै, ठेक्का सम्झौता भएको १५ दिनभित्र कार्य शुरु गर्ने गरी कार्यादेश दिने व्यवस्था मिलाउनुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

त्यस्तै, स्वीकृत वार्षिक कार्यक्रममा परेका आयोजनाको तयारीका चरणहरु पूरा गरी कार्यक्रम/आयोजनाको त्रैमासिक विभाजनसहितको वार्षिक खरिद योजना, विस्तृत डिजाइन र लागत अनुमान तयार गरी साउन मसान्तभित्र स्वीकृत गरी सक्नुपर्ने उल्लेख छ ।

अर्थ मन्त्रालयले कुनै निकायमा एकभन्दा बढी इकाईबाट खर्च गर्ने गरी एकमुष्ट रकम विनियोजन भएको भए असोज मसान्तभित्र रकम बाँडफाँट गरी त्यसको जानकारी दिनुपर्ने उल्लेख छ ।

कुनै निकायबाट कार्यन्वयन हुने गरी विनियोजन भएको कुनै योजना वा कार्यक्रम प्रदेश तथा स्थानीय तहमार्फत कार्यान्वयन गर्नुपर्ने भएमा सम्बन्धित प्रदेश तथा स्थानीय तहमार्फत कार्यान्वयन गर्नुपर्ने भएमा सम्बन्धित प्रदेश तथा स्थानीय तहबाट कार्यक्रम कार्यान्वयन गर्ने गराउने व्यवस्था मिलाउनु पर्नेछ ।

विनियोजन ऐन बमोजिम स्वीकृत वार्षिक आयोजना कार्यक्रम गर्ने अवधीभरका लागि जनशक्ति योजनासहित आवश्यक अस्थायी दरबन्दी २०७९ साउन मसान्तभित्र स्वीकृत गरिसक्नुपर्नेछ । मार्गदर्शन ३१ असारमा राष्ट्रपातिले प्रमाणीकरण गरेकी हुन् ।

बजेट कार्यान्वयन मार्गदर्शन विस्तृतमाः Budget_Implementation_Guideline_Line_Ministries


Read Previous

मंगलबार इञ्जिनियर दिवस, ६१ वर्ष लाग्यो नेपाल इञ्जिनियर्स एसोशिएसन

Read Next

जलविद्युत आयोजना बने नेपाललाई के हुन्छ फाइदा ?

Leave a Reply

Your email address will not be published.