Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

मंगलबार इञ्जिनियर दिवस, ६१ वर्ष लाग्यो नेपाल इञ्जिनियर्स एसोशिएसन


काठमाडौं । नेपाल इञ्जिनियर्स एशोसिएसन ६० वर्ष पुरा गरी ६१ वर्षमा प्रवेश गरेको छ । नेपाली इञ्जिनियरहरुको छाता संगठनको रुपमा रहेको यसले नेपाली इञ्जिनियरहरुलाई संगठित गरी इञ्जिनियरिङ पेशाको विकास तथा पेशागत हकहितको संरक्षण र संवद्र्धन गर्दै आएको छ ।

देश विकासमा प्रत्यक्ष योगदान पुत्याउने उद्देश्यले स्थापना भएको यस संस्थाले हरेक वर्ष ३ साउनलाई ‘इञ्जिनियर दिवस’ को रुपमा मनाउने गरेको छ । यस वर्ष पनि विभिन्न कार्यक्रमहरु सहित मनाउने तयारी छ । मंगलबार काठमाडौंको प्रज्ञा भवनमा प्रधानमन्त्री शेर बहादुर देउवाले इञ्जिनियर दिवस समारोहको उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईसमेत उपस्थित हुनेछन् ।

‘सामाजिक शसक्तिकरणका लागि इञ्जिनियर्स’ नारा तय

नेपाल इञ्जिनियर्स एशोसिएसनले ६० औ इञ्जिनियर दिवसको मूल नारा ‘सामाजिक शसक्तिकरणका लागि इञ्जिनियर्स’ तय गरेको छ । पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका इञ्जिनियरहरुको योगदानलाई समाजमा उजागर गर्ने उद्देश्यका साथ एशोसिएसनले काठमाडौं वाहेक प्रदेश राजधानी स्थित एशोसिएसनका प्रादेशिक तथा स्थानीय कार्यालयहरु धनगढी, सुर्खेत, बुटवल, पोखरा, हेटौडा, जनकपुर र विराटनगर र स्थानीय केन्द्र वीरगंज, हेटौडा, भरतपुर, दाङ, नेपालगंजमा समेत विविध कार्यक्रमहरुको गरी मनाउन लागिएको एसोशिएसनका महासचिव रवि भुषण झाले जानकारी दिए ।

इञ्जिनियर दिवसको अवसर पारेर सबै प्रदेश केन्द्रहरुमा स्थानीय अनुकूलता अनुसार रक्तदान कार्यक्रम, वृक्षारोपण, सरसफाई, विविध खेलकूदका कार्यक्रमहरु सम्पन्न भइसकेका छन् ।

इञ्जिनियर दिवसको अवसरमा ७ विद्यामा सम्मान गरिने

इञ्जिनियर समुदायको तर्फबाट समाज तथा राष्ट्रका लागि उत्कृष्ट योगदान पुयाउनु हुने इञ्जिनियर आर्किटेक्ट तथा संस्थालाई ७ विधामा सम्मान गरिने कार्यक्रम रहेको छ । त्यसरी सम्मान गरिने विद्याहरुमा लाइफटाइम एचिभमेण्ट अवार्ड, विशिष्ट उद्यमशील अवार्ड, सहिद इञ्जिनियर नवराज विष्ट मेमोरियल अवार्ड रहेका छन् । त्यस्तै, उत्कृष्ठ युवा व्यवसायिक अवार्ड, उत्कृष्ठ महिला इञ्जिनियर अवार्ड, इञ्जिनियर्स एप्रिशिएसन अवार्ड र बेष्ट इन्नोभेशन अवार्ड रहेका छन् ।

‘मुलुकको विकासमा सदैव समर्पित इन्जिनियर समुदायको भूमिका र जिम्मेवारी दिनानुदिन बढ्दै गएको नेपाल इञ्जिनियर्स एसोशिएसनका अध्यक्ष हरिवहादुर दर्लामीले बताए । ‘सरकारले वार्षिक बजेटमार्फत ल्याएका विकास निर्माणका कामलाई निर्धारित समयमा सम्पन्न गरी गुणस्तरीय रुपमा अपेक्षित प्रतिफल दिन सक्ने अवस्थामा पुयाउन सक्यौं भने नेपाली जनताले हाम्रो योगदान र सेवाको अवश्य कदर गर्नेछन’ उनले भने । यसका लागि विकासका कार्यक्रम लिएर जनताको घरदैलोमा पुग्ने इन्जिनियरहरुको सेवालाई अधिकार सम्पन्न बनाउनु सरकारको कतव्यं भएको उनको भनाइ छ ।

दुई प्राविधिक सत्र सञ्चालन हुने

इञ्जिनियर दिवसको उद्घाटन समारोह पश्चात प्राविधिक सत्र चल्नेछ । आयोजकले दिएको जानकारी अनुसार प्राविधिक सत्रलाई दुइ भागमा विभाजन गरिएको छ । पहिलो सत्र दीगो सहरी विकासको लागि फोहोर व्यवस्थापन विषयमा छलफल हुनेछ । यस सेसनको अध्यक्षता एसोशिएसनका पूर्व अध्यक्ष महेन्द्र बहादुर गुरुङले गर्नेछन । कार्यपत्रको प्रस्तुतीकरण ई डा हुण्डीराज पाठकको रहनेछ । प्यानलिष्टको रुपमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, गगन कुमार थापा र काठमाडी महानगरपालिका मेयर बालेन्द्र शाह रहने कार्यक्रम छ ।

दोस्रो सत्र भने स्थानीय सरकारको सेवा प्रवाहमा आइसीटीको प्रयोगमा केन्द्रित छ । यस सत्रको अध्यक्षता एशोसिएसनका पूर्व अध्यक्ष भोजराज रेग्मीले गर्नेछन । कार्यपत्र आनन्दराज खनालले प्रस्तुत गर्नेछ भने प्यानलिष्टको रुपमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी श्रेष्ठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी, इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका डिन प्रा डा शशीधर राम जोशी रहेका छन् ।


Read Previous

‘स्वार्थका लागि पूर्वाधार आयोजनालाई भड्काउने राजनीतिक प्रवृत्तिको अन्त्य हुनुपर्छ’

Read Next

७० बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी, साउनभित्र ठेक्का आह्वान, असोजभित्रै सम्झौता गरिसक्नुपर्ने (विस्तृतमा)

Leave a Reply

Your email address will not be published.