Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

६ महिनामा २ लाख ३७ हजार पर्यटकले नेपाल भ्रमण गरे


काठमाडौं ।  पछिल्लो ६ महिनामा २ लाख ३७ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन्  २०२२ को जनवरीदेखि जुनसम्मकाे अवधिमा यति पर्यटक नेपाल भ्रमणामा आएका हुन् ।

सन् २०२२ को जुनमा मात्रै ४६ हजार ९ सय ५७ पर्यटकले नेपालकाे भ्रमण गरेकाे नेपाल पर्यटन बोर्डले जनाएकाे छ । बाेर्डका अनुसार जुन महिनाकाे तथ्यांक सहित ६ महिनामा नेपाल भ्रमण गर्ने विदेशी नागरिककाे संख्या संख्या २ लाख ३७ हजार ८ सय १३ पुगेको हो ।

मे महिनामा जुनकाे भन्दा बढी ५३ हजार ६ सय ८ पर्यटकले नेपाल भ्रमण गरेका बाेर्डकाे तथ्यांक छ । सन् २०२२ को जनवरीमा १७ हजार, फेब्रुअरि २० हजार, मार्चमा ४२ हजार,अप्रिलमा सबैभन्दा बढी ५८ हजार पर्यटकले नेपालमा भ्रमण गरेका थिए ।

यो संख्या नेपाल भ्रमणका लागि हवाई मार्ग हुँर्दै नेपाल भित्रिएका पर्यटककाे मात्रै भएको बाेर्डले जनाएको छ । काेराेना महामारीका बीच सन् २०२२ देखि नेपालमा पर्यटक आगमनमा सुधार हुँदै आएको देखिन्छ । जनवरीपछिदेखि नै नेपालमा पर्यटन आगमनदरमा क्रमिक सुधार हुँदै गएकाे देखिन्छ ।

जुनमा भारतबाट २३ हजार २ सय ४८, अमेरिकाबाट ८ हजार ३ सय ५१, बंगलादेशबाट २ हजार ५९,बेलायतबाट,२ हजार,अष्ट्रेलियाबाट १ हजार ४ सय जनाले नेपाल भ्रमण गरेका छन् । याे महिनामा सार्कबाट २६ हजार ,आसियानबाट, २३ सय,यूरोपबाट ४ हजार ७ सय,अमेरिकन रिजनबाट ८ हजार ९ सय पर्यटककले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

६ महिनामा नेपाल भ्रमण गर्ने पर्यटक

जनवरी    –१७ हजार
फेब्रोअरी  –२० हजार,
मार्च       –४२ हजार,
अप्रिल   –५८ हजार
मे         –५३ हजार
जुन –  ४६  हजार

स्राेतः नेपाल पर्यटन बाेर्ड


Read Previous

तल्लो अरुणमा भोजपुरबासीलाई पनि लगानीको अवसर दिन माग

Read Next

पहिलोपटक विज्ञापन उत्पादन, प्रकाशन, प्रसारण र वितरणसम्बन्धी आचारसंहिता

Leave a Reply

Your email address will not be published.