Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै   

प्रदेश-१ मा पौने ४० अर्ब बजेट, ५० प्रतिशत पुर्वाधार क्षेत्रमा (बजेटको पूर्ण पाठसहित)


काठमाडौ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेका छन् ।

आन्तरिक राजस्व आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख मात्र आम्दानी हुने प्रक्षेपणसहित मन्त्री आङ्बोले सो बजेट प्रस्तुत गरेका हुन् । बजेटमा राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड १४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड बजेट प्राप्त हुने अनुमान गरिएको छ ।

प्रदेश–१ को कुल बजेटमध्ये ५० प्रतिशत अर्थात १९ अर्ब ८८ करोड ८६ लाख पूर्वाधारका क्षेत्रमा मात्र छ । सार्वजनिक बजेट अनुसार, सडक पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ८२ अर्ब छ भने खानेपानी, सिञ्चाई तथा ऊर्जाका लागि ६ अर्ब २ करोड ५६ लाख छ ।

यसैगरी पर्यटन तथा संस्कृति मन्त्रालयका लागि १ अर्ब १३ करोड ८६ लाख तथा यातायात सेवा, सवारी साधन, सूचना तथा प्रविधिको लागि ३० करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

बजेटको पूर्ण पाठ: province budget 1


Read Previous

नेपाल अन्तरदेशीय विद्युत व्यापारका लागि सबै दृष्टिकोणबाट तयार छ

Read Next

मधेश प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमका लागि १ अर्ब २६ करोड बजेट (बजेटको पूर्ण पाठसहित)

Leave a Reply

Your email address will not be published.