Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

‘नेपाल चेम्बर एक्स्पो २०२२’ असार २ देखि राजधानीमा


काठमाडौं । नेपाली उत्पादनहरुको बजारीकरण, व्यापारीक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदानमा विशेष जोड दिंदै पाँचौं संस्करणको ‘नेपाल चेम्बर एक्स्पो २०२२’ को आयोजना गरिने भएको छ ।

नेपाल चेम्बर अफ कमर्शले वाणिज्य मन्त्रालय तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा असार २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप प्रदर्शनी कक्षमा एक्स्पो आयोजना गर्न लागेको हो ।

राष्ट्रको सर्वाङ्गीण विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेकाले एक्स्पो आयोजना गरिदै आइएको चेम्बरले जनाएको छ । पछिल्ला चार संस्करणहरूको सफलता पुर्वक आयोजना गरी सकेपछि चेम्बर अफ कमर्शले मेलाको पाँचौ संस्करणमा व्यापारीक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको छ ।

एक्स्पोमा अन्तर्राष्ट्रिय व्यापारीक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास छ ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिनेछ । निकासी अभिबृद्धि गर्ने उद्देश्य लिई चेम्बर अफ कमर्शले प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारीक समुदायलाई प्रोत्साहन तथा आवश्यक पहल कदमी समेत गर्ने उद्देश्य राखेको छ ।

बंगलादेश पार्टनर कन्ट्री रहेको यस वर्ष वाणिज्य मन्त्रालय र इपीबी बंगलादेशको सहकार्यमा उद्योगी व्यवसायीको सहभागिता जनाउने छन् । एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम एप्लाइन्सेस, फेसन वेयर एण्ड एसेसरिज, गार्मेन्ट एण्ड टेक्सटाइल, मोबाइल एण्ड ग्याजेट्स, एफएमसिजी, हाइड्रो, लजिस्टिक, ह्याण्डिक्राफ्ट एण्ड ह्याण्डलुमस, सुज एण्ड लेदर आइटम, कस्मेटिक्स, फुड एण्ड डेरी प्रडक्ट्स आदि सामग्रीहरूको प्रदर्शनी हुनेछ । आगन्तुकहरूका लागि एक्स्पो प्रभावकारी बन्न सक्ने विश्वास चेम्बरले छ ।

एक्स्पोको गोल्ड स्पोन्सर हुलास हिप्को सुपरबिल्ड रहेको छ । यस्तै मेलाको अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्स रहेको छ र लर्निङ पार्टनरको रुपमा ब्रोडवे इफोसिस रहेको छ भने एक्स्पोको सम्पुर्ण व्यवस्थापनको जिम्मा इन्ट्रोडक्सन ट्रेड सोज नेपालले लिएको छ ।

एक्स्पोमा १५० वटा स्टलहरू रहने छन् । राष्ट्रिय एवं अन्तराष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने एक्स्पो नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू पनि रहने आयोजक पक्षले जानकारी दिएको छ ।


Read Previous

रोल्वालिङ उपत्यकाको बेदिङ गाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीको विद्युत,स्थानीय हर्षित

Read Next

बजेट पारदर्शितामा नेपालको स्तर खस्कियो

Leave a Reply

Your email address will not be published.