Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

‘विकास निर्माण कामको निरन्तर अनुगमण गर्नुस’


काठमाडौं । अर्थ मन्त्री जनार्दन शर्माले रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिलाई भेटेर विकास निर्माणको कामको निरन्तर अनुगमन गर्न सुझाव दिएका छन् । ‘नमस्ते खाएर बस्ने होइन, विकास निर्माणको कामको निरन्तर अनुगमन गर्नुस्’ उनले भने ।

शर्माले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग मन्त्रालयमा भेटेर पालिका भित्रका स्थानीयलाई ठूला कामको सपना नदेखाउन आग्रह गरे ‘तपाईहरुले स्थानीय जनतालाई ठूला काम गर्ने भनेर सपना नबाँड्नुस् । त्यस्ता काम गर्नेतिर पनि नलाग्नुस्’ उनले भने, स्थानीय जनतालाई स–साना काम गरेरै खुसी बनाउनुस् । स्थानीयको दैनिकीसँग जोडिएको आवश्यकताहरु पुरा गरेर सबैको मन जित्ने काम गर्नु उनले आग्रह गरे । भेटमा रुकुम पश्चिमका नगरपालिका प्रमुख÷उप्रमुख, गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्यलगायतको उपस्थिति थियो ।

संघ र प्रदेशले बनाएका परियोजनाको निरन्तर अनुगमन, मूल्यांकन र खबरदारी गर्ने काम स्थानीय तहको भएकाले त्यस्तो जिम्मेवारी पुरा गर्न आग्रह गरे ।
त्यस्तै प्रत्येक हप्ता जनताको बीच गएर अन्तरक्रिया, भेटघाट र सामिप्यता बढाउन उनले सुझाव दिए ।

अर्थ मन्त्रीले स्थानीयको आवश्यकताका आधारमा पहिचान भएका ठूला परियोजना प्रदेश र संघले बनाउने पनि जानकारी दिए । पालिका तथा वडा कार्यालय आउने स्थानीयलाई कामको सहजीकरण गर्न छुट्टै कर्मचारीको व्यवस्था गर्न सुझाव दिए । ‘कार्यालयमा सेवाग्राही आउनासाथ नमस्ते गर्दै स्वागत गर्न एउटा कर्मचारी राख्नुस् र ती कर्मचारीलाई सेवाग्राही के कामका लागि आएको हो, त्यो काम तुरुन्त गराउन सहजीकरण गर्न लगाउनुस्’ उनले भने ।

मन्त्री शर्माले स्थानीयस्तरका बारेमा पर्याप्त ज्ञान राख्न, वडा सदस्यहरुलाई विभिन्न समिति बनाई जिम्मेवारी दिन, विकास–योजनाका बारेमा जिल्लास्तरका कर्मचारीहरुसँग छलफल गर्न, जनप्र्रतिनिधिलाई नैतिक आचरणबारे प्रशिक्षण दिन, दुई वा सो भन्दा बढी पालिकास्तरमा समन्वय गरी काम गर्नुपर्नेलगायतका सुझाव दिए । छलफलमा जनप्रतिनिधिहरुले बजेटको पर्याप्तता, स्थानीय बासिन्दाको आवश्यकता लगायतका बारेमा जानकारी गराएका थिए ।


Read Previous

यात्रु र मालवाहक सवारी साधनको भाडा घट्यो (सूचीसहित)

Read Next

मुलुकभर विद्युतीय सुरक्षा अभियान, अनुमतिपत्र लिनेले मात्र पोल चढ्न पाउने

Leave a Reply

Your email address will not be published.