Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

यात्रु र मालवाहक सवारी साधनको भाडा घट्यो (सूचीसहित)


काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रुवाहक सवारी साधनको भाडा घटाएको छ । सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशतले वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले भाडा समायोजन गर्ने व्यवस्था अनुसार भाडा घटेको हो । पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले घटेसँगै सवारी साधनको भाडा पनि घटाइएको हो ।

नयाँ भाडादर अनुसार यात्रुवाहक सवारीमा २ प्रतिशतले भाडा घटेको छ । यसअनुसार यसअघि एक सय रुपैयाँ भाडा तिर्नुपर्ने ठाँउमा अब ९८ रुपैयाँ तिरे हुन्छ । त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २.६ प्रतिशत र तराईको बाटामा सञ्चालन हुने मालवाहक सवारी २.९ प्रतिशतले भाडा घटेको छ ।

विभागको पछिल्लो पटक भाडा समायोजन गर्दा आधार लिइएको ८ जेठको डिजेलको बजार मूल्य १६३ (प्रति लिटर) मा १९ जेठमा १० रुपैयाँ घटी बजार मूल्य प्रति लिटर १५३ कायम भएको छ । यो मूल्य पछिल्लो समायोजनमा आधार लिइएको मूल्य भन्दा ६.१३ प्रतिशत घटी भएको हुँदा २० जेठ (आज) देखि लागू हुने गरी नयाँ भाडादार कायम भएको हो ।

विभागले १७ चैत २०७८ देखि वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । निर्णयानुसार लागू गरिएकोमा भाडादर दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातमा कायम हुनेछ ।

कुन ठाउँको भाडा कतिःअन्तरप्रदेश भाडादर 2079.02.20


Read Previous

चीनले साढे २ वर्षमा विद्युत जडित क्षमतामा नवीकरणीय ऊर्जाको हिस्सा ३३ प्रतिशत पुर्याउने

Read Next

‘विकास निर्माण कामको निरन्तर अनुगमण गर्नुस’

Leave a Reply

Your email address will not be published.