काठमाडौं । सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बजेट कार्यान्वयनमार्फत भएका उपलब्धी, तथ्यांकको संकलन र विश्लेषण गरी आर्थिक सर्वेक्षण २०७८/७९ संसदमा प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले समष्टिगत आर्थिक परिसूचकहरु, भौतिक पूर्वाधार तथा सामाजिक क्षत्रेका सूचकहरु समेटिएको आर्थिक सर्वेक्षण संसदमा पेस गरेका हुन् ।
हरेक वर्ष बजेट प्रस्तुत हुनुभन्दा पहिले आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने चलन छ । सर्वेक्षणमा प्रदेश र स्थानीय तहका आर्थिक सामाजिक अवस्था समेतको विवेचना गरिएको छ । सर्वेक्षणमा दीर्घकालीन विकास लक्ष्य, आकस्मिक दायित्व, जलवायु परिवर्तन र निजी क्षेत्रसँग सम्बन्धित विषयलाई समावेस गरिएको छ ।
आर्थिक सर्वेक्षण २०७८र७९ को पूर्णपाठः आर्थिक सर्वेक्षण २०७८-७९ अन्तिम (२०७८-०२-११)