Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

बर्षमा ५ किलोमिटर सडक कालोपत्रे गर्ने बेथानचोक गाउँपालिकाको पहिलो निर्णय


काठमाडौ/ बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकाले कम्तीमा बर्षको ५ किलोमिटर सडक कालोपत्रे गर्नेसहित तीन निर्णय गरेका छन् ।
गाउँपालिका अध्यक्षमा निर्णय भएपछि सोमबार पदभार समेत ग्रहण गरेका उनले गाउँपालिको पहिलो निर्णयको रुपमा यी निर्णय गरेका हुन । बेथानचोक गापाको सडक बार्षिक कम्तीमा ५ किमिका दरले सडक कालोपत्रे गर्ने, एमबिबिएस, इञ्जिनियरिङ अन्य प्राविधिक क्षेत्रमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई तथा सर्वोत्कृष्ट विद्यार्थीलाई सतप्रतिशत सम्मको छात्रवृत्तिको व्यवस्था गरिने निर्णय गरिएको उनले जानकारी दिए ।
हालसम्म गाउँपालिकाभित्र १० किलोमिटरभन्दा कम कालोपत्रे सडक रहेको सो गाउँपालिकामा बेथानचोकभित्रका मुख्यभन्दा पनि अन्य गाउँ गाउँ जोड्ने सडकलाई कालोपत्र गर्न लागिएको हो । सोमबार पदग्रहणपछिको कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले बेथानचोकको विकासका लागि सबैसँग मिलेर अघि बढ्ने बताए ।
सो अवसरमा अध्यक्ष अधिकारीले आवश्यक कानुन एवं कार्यविधी निर्माण गरि बेथानचोक गाउँपालिकामा रहेका सम्मानित ६० वर्षमाथि उमेर भएका ज्येष्ठ नागरिकहरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमको शुभारम्भ गरिने तथा बताए ।
कार्यक्रममा अध्यक्ष अधिकारीले उपाध्यक्ष तारा राना तिमल्सिना तथा वडाध्यक्षहरु मधुसुदन तिमल्सिना, पुरुषोत्तम तिमल्सिना, कुबेर ढकाल, कृष्णबहादुर तामाङ, राजकुमार वाइवा र विष्णु तामाङ लगायतका सदस्यहरुले शपथ गराएका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष प्रेमबहादुर तिमल्सिना, उपाध्यक्ष सरिता लामिछाने लगायतलाई २०७४ सालमा निर्वाचित पदाधिकारीहरुलाई विदाई समेत गरिएको थियो ।


Read Previous

इन्धन मुल्यसँगै हवाई भाडामा वृद्धि

Read Next

काठमाडौं-तराई फास्ट ट्रयाकका लागि ३० अर्ब बजेट प्रस्ताव

Leave a Reply

Your email address will not be published.