Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

माइती नेपालमा आबद्ध महिलाका लागि एनएमबी बैंकको वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं । एनएमबी बैंकले माइती नेपालका महिलाका लागि वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकको लघुवित्त विभागले माइती नेपालमा आबद्ध ५३ जना महिलाका लागि एक कार्यक्रमको आयोजना गरी वित्तीय साक्षरता प्रदान गरेको हो ।

साक्षरता कार्यक्रममा बचत, लगानी, विभिन्न प्रकारका कर्जा तथा प्राप्त गर्न सकिने सेवाका विषयमा शिक्षा दिइएको बैंकले जनाएको छ । साक्षरता कार्यक्रममा माईती नेपालकोतर्फबाट संस्थापक अनुराधा कोइराला, कार्यकारी सञ्चालक विश्वराम खड्का, कार्यक्रम सञ्चालक युवराज कोइराला उपस्थिति थिए । बैंककातर्फबाट कर्मचारीहरू बुद्धि मल्ल, शरद पौडेल र नबिन पन्थि सहभागी भएका थिए ।

गतवर्ष महिला उद्यमशिलताका लागि सहुलियतपूर्ण कर्जा लगानी गर्न सफल अग्रणी बैंकले नारी सशक्तिकरणका लागि विभिन्न समयमा वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्दै आईरहेको छ । माईती नेपालमा आबद्ध महिलाका लागि आयोजना गरिएको कार्यक्रमले उनिहरूमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ पुग्न गई समग्र अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने बैंकको भनाइ छ ।

बैंक र माईती नेपाल दुवै संस्थाले भविष्यमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता समेत जनाएका छन् । एनएमबी दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।

यस बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर नेपाल’ प्राप्त गरि सकेकको छ । बैंकले हाल देशभरमा २०१ शाखा, १३८ एटिएम बुथ र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गदै आइरहेको छ ।


Read Previous

सगरमाथा आरोहणको क्रममा २ नेपाली र १ विदेशी नागरिकको मृत्यु

Read Next

८ हजार मिटर उचाईका ४ हिम श्रृङ्खलाबाट ३० हजार किलो फोहोर संकलन

Leave a Reply

Your email address will not be published.