Nepal Purbadhar

बढ्दो गर्मीलाई लक्षित गर्दै सिजीले ल्यायो उच्च कार्यक्षमताका एयर कुलर


काठमाडौं। विश्वव्यापी मौसम प्रणालीको प्रभावका कारण नेपालमा यस वर्ष तापक्रम उल्लेख्य रूपमा बढ्ने र लामो समयसम्म तातो हावा चल्ने अनुमान गरिएकै बेला सिजी ब्रान्डले उच्च कार्यक्षमतायुक्त एयर कुलरहरूको नयाँ शृंखला बजारमा उपलब्ध गराएको छ।

कम्पनीका अनुसार उच्च तापक्रम र भोल्टेजको उतारचढावलाई ध्यानमा राखेर डिजाइन गरिएका यी एयर कुलरले खुला तथा अर्ध–खुला स्थानमा प्रभावकारी रूपमा चिसो हावा प्रदान गर्नेछन्। एसीको तुलनामा कम विद्युत् खपत गर्ने भएकाले यी कुलर ऊर्जा–दक्ष विकल्पका रूपमा पनि उपयोगी हुने कम्पनीको दाबी छ।

सिजीले ग्राहकको आवश्यकता अनुसार डेजर्ट, टावर, पर्सनल र विन्डो एयर कुलर बजारमा उपलब्ध गराएको जनाएको छ। डेजर्ट कुलर ठूला तथा खुला स्थानका लागि उपयुक्त रहेको, टावर कुलर कम ठाउँ ओगट्ने डिजाइनमा तयार गरिएको, पर्सनल कुलर साना कोठा तथा व्यक्तिगत प्रयोगका लागि लक्षित गरिएको तथा विन्डो कुलर झ्यालमा जडान गरी बाहिरी हावा प्रभावकारी रूपमा भित्र ल्याउन सकिने गरी विकास गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार एयर कुलरमा एड्भान्स हनीकम्ब कुलिङ प्याड, आइस च्याम्बर प्रविधि, अटोमेटिक लुभर्स र इन्भर्टरसँग सञ्चालन गर्न मिल्ने ऊर्जा–दक्ष मोटर जस्ता आधुनिक प्रविधि समावेश गरिएको छ। यी सुविधाले कम विद्युत् खपतमै छिटो र प्रभावकारी शीतलन प्रदान गर्ने दाबी गरिएको छ।

सिजीले बढ्दो गर्मीका बीच ग्राहकलाई भरपर्दो र आधुनिक कुलिङ समाधान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। कम्पनीका एयर कुलरहरू देशभर रहेका २१ वटा सीजी डिजिटल शोरुम, कम्पनीका आधिकारिक वेबसाइट तथा आधिकारिक बिक्री केन्द्रमार्फत खरिद गर्न सकिने जनाइएको छ।


Read Previous

शासकीय सुधारका लागि सरकारले जारी गर्‍यो ४० निर्देशिका र प्रशासनिक दस्तावेज

Read Next

रास्वपाको सहमहामन्त्रीमा निशा डाँगी विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar